Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजापति सामुदायिक वनमा सपथ, नयाँ समितिले गर्यो पदभार ग्रहण
    समाचार

    प्रजापति सामुदायिक वनमा सपथ, नयाँ समितिले गर्यो पदभार ग्रहण

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ५, बिहीबार ०२:२६ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–१ स्थित प्रजापति सामुदायिक वनमा निर्वाचित पदाधिकारीसहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

    गत पौष २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीसहित सदस्यहरुलाई निर्वाचन समितिका संयोजक सुर्यकुमार थापाले एक कार्यक्रमका विच सपथ ग्रहण गराएका छन् । सपथ ग्रहणसँगै नवनिर्वाचित समितिले पदभार ग्रहण गरेको छ । निर्वाचन समितिका संयोजक थापाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा निर्वाचन समिति सदस्य बिमला अधिकारीले सहभागी सबैलाई स्वागत गरेकी थिइन् ।

    कार्यक्रममा निवर्तमान समितिका कार्यबाहक अध्यक्ष दलबहादु वि.क.ले नवनिर्वाचित अध्यक्ष मातृका पोखरेललाई संस्थाको तर्फबाट अध्यक्षले प्रयोग गर्ने आवश्यक सामाग्री हस्तान्तरण गरेका थिए । त्यस्तै निवर्तमान सचिव गोमा अधिकारी खबासले नवनिर्वाचित सचिव दलबहादुर बि.क.लाई संस्थाको माइन्युट हस्तान्तरण गरेकी थिइन् । यसै अवसरमा निवर्तमान समितिका सम्पूर्ण पदाधिकारी साथै सदस्यहरुलाई विदाई साथै नवनिर्वाचित समितिलाई स्वागत सम्मान गरिएको निर्वाचन समितिका सचिव षडानन्द पोखरेल(शम्भु) ले जानकारी दिए । निर्वाचन समितिका संयोजक थापाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन निर्वाचन समितिका सचिव पोखरेलले गरेका थिए । कार्यक्रममा निर्वाचन समितिका तर्फबाट भएको खर्च विवरण समितिका सदस्य साथै प्रजापति सामुदायिक वनका लेखा संयोजक लक्ष्मी अधिकारीले सार्वजनिक गरेका थिए ।


    पदभार ग्रहण गर्ने नवनिर्वाचित समितिमा अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष प्रमिला डाँगी, सचिव दलबहादुर बि.क., सहसचिव लालवहादुर इदिङ्गो, कोषाध्यक्ष गोमा अधिकारी खबास रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः जंगवहादुर वि.क., टिकादेवी पिठाकोटे, ओमप्रकाश दुलाल, तेजकुमारी बुढाथोकी, खुमा सिग्देल(खुस्बु), गुरुभक्त दंगाल,अमृतकुमार गिरी र दिपा कट्टेल दहाल रहेका छन् ।


    दुई चरणमा भएको कार्यक्रमको दोस्रो चरण नवनिर्वाचित अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो । षडानन्द पोखरेल(शम्भु)ले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई–१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, वन समूहका पुर्व अध्यक्ष दुर्गाप्रसाद निरौला, जामुनबारी सामुदायिक वनका अध्यक्ष ख्यामराज सिटौला, राजनीतिक दलका तर्फबाट एमाले कनकाई–१ का वडाअध्यक्ष डिल्लीरमण भट्टराई लगायतले नवनिर्वाचित समितिको कार्यकाल थप रचनात्मक बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

    प्रजापतिमा प्रमुख राजनीतिक पार्टीका उम्मेद्वारलाई पछि पार्दै स्वतन्त्रका मातृका बने अध्यक्ष

    प्रजापति सामुदायिक वनको निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुलाई पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका मातृका पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

    नेपाली कांग्रेस र माओवादीको गठबन्धन साथै एमाले तर्फका र केही स्वतन्त्र समेत गरी अध्यक्ष पदकालागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । त्यस मध्ये पनि प्रमुख राजनीतिक दलको समर्थनमा बनेका उम्मेद्वारलाई धेरै मतान्तरले पछि पारेका मातृकाले आफ्नो प्रतिस्पर्धिका रुपमा स्वतन्त्र तर्फका रामकुमार पोखरेललाई ३५ मतको अन्तरले पछि पार्दै विजयी बनेका हुन् । अध्यक्षमा निर्वाचित पोखरेलले ३सय ६१ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धिका रुपमा रहेका रामकुमार पोखरेलले ३ सय २६ मत ल्याएका थिए ।


    त्यस्तै दौडको तेस्रो स्थानमा रहेका एमाले तर्फका डिल्लीरमण भट्टराईले २सय ३ मत प्राप्त गर्दा कांग्रेस र माओवादी तर्फको गठबन्धनका उम्मेद्वार मोहन खतिवडाले १ सय ४ मत प्राप्त गर्न सफल भएको बताइएको छ । त्यस्तै स्वतन्त्रका हरी पोखरेलले २० र सुनील पोखरेलले १० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


    त्यस्तै उपाध्यक्षमा एमालेकी प्रमीला डाँगी २९७ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । उनका प्रत्यासी राष्ट्रिय स्वतन्त्र पार्टीका निर्मला ढकालले २५१ मत प्राप्त गरिन् । त्यस्तै सचिवमा एमालेका दलवहादुर वि.क.ले आफ्ना प्रतिस्पर्धि कांग्रेसका डिल्ली रिजाललाई ६ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । निर्वाचित वि.क.ले २९८ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी नेपाली कांग्रेसका डिल्ली रिजालले २९२ मत प्राप्त गरे । त्यस्तै सहसचिवमा एमालेका लालवहादुर इदिङ्गो ३४१ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रत्यासी स्वतन्त्रकी इम्प्रेसा थापाले २२६ मत प्राप्त गर्न सफल भइन् । कोषाध्यक्षमा एमाले तर्फकै गोमा अधिकारी खबास ३२७ मत ल्याएर विजयी बनेकी छन् भने प्रत्यासी स्वतन्त्रकी उमा मगरले २३१ मत प्राप्त गरेकी थिइन् ।


    दलित तथा जनजाती सदस्य तर्फ पनि एमालेका जंगवहादुर वि.क.ले २७३ र टिकादेवी पिठाकोटे मगरले ३७१ मत प्राप्त गरी विजयी बनेका छन् । उनीहरुका प्रत्यासी क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टीकी मना सुन्दास नेपालीले २४९ मत र कांग्रेसका ओमप्रकाश प्रधानले २४२ मत प्राप्त गर्न सफल भएको बताइएको छ ।


    विजेता सदस्यहरुमा क्रमशः टोल नं.१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश दुलालले १३५ मत र महिला सदस्य कांग्रेसबाट तेजकुमारी बुढाथोकीले १७८ मत प्राप्त गरी विजयी बनेका छन् । टोल नं.२ र ३ बाट निर्वाचित भएका एमाले तर्फका सदस्यहरुमा क्रमशः खुमा सिग्देल(खुस्वु)ले ९९, गुरुभक्त दंगालले १२५ मत, अमृतकुमार गिरीले १०२ र दिपा कट्टेल दहालले १४६ मत प्राप्त गर्दै विजेता बनेको निर्वाचन समितिले जनाएको छ ।


    वन समूहको १३ सदस्यीय पदाधिकारी सहित सदस्यहरुमा क्रमशः अध्यक्ष र एकजना सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १० जना एमालेबाट निर्वाचित भएका छन् । कांग्रेस र माओवादीको गठबन्धनबाट भने एकजना सदस्य निर्वाचित भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.