Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रदेश १ सरकारले ल्यायो रु ४२ अर्ब २० करोडको बजेट
    राष्ट्रिय

    प्रदेश १ सरकारले ल्यायो रु ४२ अर्ब २० करोडको बजेट

    ramBy ram२०७६ असार २, सोमबार ०८:०९ गते2 Mins Read

    बिराटनगर  \ प्रदेश १ सरकारले आइतबार प्रदेशसभामा आउँदो आर्थिक वर्ष ०७६।७७ का लागि रु ४२ अर्ब २० करोड ४ लाख १२ हजार बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले प्रस्तुत गरेको बजेटमा चालुतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार र पुँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार बजेट विनियोजन गरिएको छ ।

    वित्तीय व्यवस्थापनतर्फ रु ८ करोड, अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङ्बोले जनाए ।

    आन्तरिक स्रोतबाट रु ३ अर्ब ८६ करोड, राजश्व बाँडफाँडबाट रु १० अर्ब ५२ करोड, अनुदलानबाट रु २१ अर्ब २१ करोड र ६ अर्ब ५९ करोड चालु आर्थिक वर्षको नगद मौजदात रहने अनुमान गरिएको मन्त्री आङबोले बताए । बजेटमा कृषि, पर्यटन, उद्योग, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

    स्थानीय तहलाई राजश्व बाँडफाँडबाट १ अर्ब ३ करोड र प्रदेशस्थित १ सय ३७ स्थानीय तहलाई रु ५० लाखको दरले १ अर्ब समानीकरण अनुदानका लागि बजेट बिनियोजन गरेको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा रु २ करोड ५० लाखको दरले कूल रु १ अर्ब ४० करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रुपमा प्रदेश सभा सदस्यको सिफारिसमा रु ५० लाखको दरले ४८ करोड बजेट बिनियोजन गरेको छ ।

    कृषि, पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रको विकासका लागि रु १ अर्ब ६६ करोड, बन तथा वातावरण क्षेत्रमा रु १ अर्ब २० करोड, उद्योग बाणिज्य तथा आपूर्ति क्षेत्रमा रु ४७ करोड, सिँचाई तथा नदी नियन्त्रणमा ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ।

    शिक्षामा रु १ अर्ब २८ करोड, सवास्थ्य क्षेत्रमा रु १ अर्ब ७ करोड, खानेपानी तथा सरसफाईमा रु ३ अर्ब, खेलकुद क्षेत्रको विकासका लागि रु ४७ करोड ५५ लाख, भोतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणमा रु ८ अर्ब, आवास भवन तथा सहरी पूर्वाधारमा रु ३ अर्ब बजेट बिनियोजन गरेको छ ।

    उर्जा तथा विद्युतमा श्रम तथा रोजगारी, सूचना तथा सञ्चार, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन, सुशासन र सार्बजनिक सेवा प्रवाह, विपद व्यवस्थापन, लागुपदार्थ दुर्व्यसन नियन्त्रणका लागि समेत बजेट विनियोजन गरेको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.