Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकाले पालिकाभित्रका ४५७ विद्यार्थीलाई दियो साइकल
    शिक्षा

    झापा गाउँपालिकाले पालिकाभित्रका ४५७ विद्यार्थीलाई दियो साइकल

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ३, मंगलवार १७:०२ गते2 Mins Read

    झापा गाउँपालिका / झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ ।

    पालिकाले आर्थिक वर्ष २०७९ \ ८० को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । झापा गाउँपालिकाको शिक्षा शाखाले मंगलवार एक कार्यक्रमका बीच ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । साईकल वितरण गरिएका विद्यार्थीहरुमा डिल्लीराज माविका १७० जना , कुवाडीदेवी माविका ५८ जना , महेन्द्र माविका ३३ जना , जनता माविका १११ र जनकल्याण माविका ४२ गरी ४१४ जना रहेका छन् । ४३ जना विद्यार्थीहरु भने अनुपस्थित रहेका थिए ।

    पालिकाभरि सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कुल विद्यार्थीको संख्या ४५७ रहेको छ । त्यसमध्ये छात्रा १९५ र छात्र २६२ जना रहेका छन् । झापा गाउँपालिकामा सामुदायिकतर्फ मावि ५ , निमावि ५ र प्रावि ११ गरी कुल २१ वटा विद्यालयहरु रहेका छन् ।


    झापा गाउँपालिकाले शिक्षामा धेरै नै लगानी गरेको देखिन्छ । पालिकाले प्राविधिक शिक्षा लागु गरेको छ भने एसईईमा उत्कृष्ट सन्थाल र मुस्लिम समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यस्तै कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क अध्यापनको व्यवस्था गरिएको छ । झापा गाउँपालिकाले अघिल्लो वर्ष छात्रालाई मात्र साईकल वितरण गरेको थियो । यस वर्ष भने छात्रलाई पनि दिइएको छ । पालिकाले विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी ल्याएको यो कार्यक्रमले विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्नुका साथै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि हुने अध्यक्ष जयनारायण शाहले विश्वास व्यक्त गरे ।

    झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रममा डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्रप्रसाद गुप्ताले स्वागत मन्तव्य राखेक राखेका थिए । कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलिया , वडा अध्यक्ष सखिचन्द्र ठाकुर , झापा गापा शिक्षक महासंंघका अध्यक्ष जगन्नाथ राजवंशी , जनता मावि व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर कार्की , विद्यार्थी सल्मा खातुन र कन्चन राजवंशीले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.