Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भलिबल कपको उद्घाटन खेलमा दमकको विजय सुरुवात
    खेलकुद

    कनकाई भलिबल कपको उद्घाटन खेलमा दमकको विजय सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ३, मंगलवार १४:३५ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा दमक नगरपालिका विजयी बनेको छ।

    सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन खेल दमक र भद्रपुर नगरपालिका विच भएको थियो । खेलमा दमकले २५÷१५, २७÷२५ र २८÷२६ को सोझो सेटमै भद्रपुरलाई हराँउदै खेलको विजेता बनेको हो । दमकका रोमन बस्नेत खेलको म्यान अफ द म्याच घोषित भए ।


    नकआउट प्रतियोगिताका आधारमा खेलाइने खेलमा प्रथम हुने टिमले १ लाख १ हजार १११ , द्वितीय हुने टिमले ६१ हजार १११ र तृतीय हुने टिमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टि.भी पुरस्कार स्वरुप वितरण गरिने सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले जानकारी दिए ।


    माघ ३ गते सुरु भइ ७ गते समापन हुने प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको छ । प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिएका छन् । विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने भएको छ ।


    सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेपाली कांग्रेसका नगर सभापति दुर्गा प्रसाईँ, रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँ लगायतले खेलको सफलताको कामना गरेका थिए । प्रतियोगिताको बुधबार हुने खेल बेलबारी र झापा गाउँपालिका विच हुने आयोजक समितिका खेल संयोजक प्रतापबाबु जमरकट्टेलले बताए ।


    नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी)मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रायोजकका रुपमा ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेज समेत रहेको छ । प्रथम पुरस्कार विकास र अनु प्रसाईबाट प्राप्त भएको छ भने द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्स कम्पनीले प्रायोजन गरेका छन् । जेसीजकी मुक्ता कार्कीले आस्था वाचन गरेको कार्यक्रममा खेल संयोजक प्रतापबाबु जमरकट्टेलले स्वागत गरेका थिए ।औपचारिक कार्यक्रमको संचालन सुरुङ्गा जेसीज वर्ष २०२२ का महासचिव राजु पाठकले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.