Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माइमा धुमधाम मनाइयो किराँतीहरुको महान चाड कक्फेवा तङ्नाम
    पर्यटन

    कनकाई माइमा धुमधाम मनाइयो किराँतीहरुको महान चाड कक्फेवा तङ्नाम

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ ३, मंगलवार ०३:५३ गते3 Mins Read

    कनकाई खबर \ झापाको शिवसताक्षी १० स्थित माइधारमा किराँतीहरुको महान चाड कक्फेवा तङ्नाम (माघेसंक्रान्ती)पर्व विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

    माङहीमको २६ औं वार्षिकउत्सव तथा १३ औं कक्फेवा तङ्नामको अवसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ झापा एवं किराँत खिजोलुङ जिल्ला माङहीमको संयुक्त आयोजनामा कनकाई माइको पश्चिम किनारमा रहेको माङहीम प्राङ्गणमा विविध प्रस्तुतीसहित कार्यक्रम सम्पन्न भएको हो ।


    दुई दिवसीय कार्यक्रम पौष ३० गते शनिवार कनकाई माईमा साक्मुरा वादेम्मा (गाली श्राप) बगाएर अष्ट यज्ञ (येत लाघुङ सेमी) सेवा कार्यक्रम सम्पन्न गरी कनकाई माइको पश्चिमी किनारमा लागेको मेला परिक्रमा गरेको किराँत धर्म तथा साहित्य उत्थान संघ झापका सहसचिव विचारी लावतीले जानकरी दिए । त्यस्तै माघ १गते माङहीम परिसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ झापाका अध्यक्ष लक्ष्मी योङहाङको सभापतित्व एवं गुरु प्रवक्ता डिल्लीराम चाम्लीङको प्रमुख आतिथ्य, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा(रोशन) को विशिष्ट आतिथ्यमा विशेष कार्यक्रम सम्पन्न भएको छ । समारोहका विच विभिन्न जातजातीहरुको झाँकी,साँस्कृतिक नृत्य र गायनसहित कार्यक्रम समुद्घाटन भएको बताइएको छ । कार्यक्रममा पालम,ख्याली, हाक्पारे,याःलाङ, केलाङ माङलाङ, साकेला जस्ता विविध साँस्कृतिक प्रस्तुती सम्पन्न भएको खिजोलुङ माङहीमका अध्यक्ष भवानी विक्रम सेलिङले जानकारी दिए ।


    खिजोलुङ माङहीमका अध्यक्ष भवानी विक्रम सेलिङले स्वागत गरेको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा(रोशन) , संस्थाका पुर्व राष्ट्रिय अध्यक्ष चन्द्रप्रसाद योङ्या, संघीय लिम्बुवानका प्रतिनिधि किरण लिङदेन, संघको झापा उपाध्यक्ष लिलावहादुर कन्दङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको संचालन किराँत धर्म तथा साहित्य उत्थान संघ झापका सहसचिव विचारी लावतीले गरेका थिए । कार्यक्रममा मुन्धुमी कवि साङसेन पङधाकले मुन्धुमी कविता वाचन गरेका थिए ।


    विश्व शान्ती र मानव एकताकालागि सम्पूर्ण जातजाती, धर्मसंस्कृति र संस्कार मान्ने जातजातीहरुको साझा पर्वका रुपमा किराँतीहरुको महान चाड कक्फेवा तङ्नाम पर्व मनाउँदै आएको किराँत धर्मका अनुयायी बताउँछन् ।
    हरेक वर्ष मकर संक्रान्तीमा किराँत नयाँ वर्ष शुरु हुन्छ । लिम्बू जातिले यसलाई ‘यले तङवे’को नाममा मनाउने गर्छन्। किराँती पात्रोअनुसार माघ १ गते देखि यले तङवे ५०८३ शुरु भएको छ । यले तङवे विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो रहेको विश्वास किराँती जातिमा छ । किराँती राजा यलम्बरले नेपालमा शासन शुरु गरेपछि यले तङवेको प्रचलन शुरु गराएको विश्वास छ । यस सिजनमा चाँप फुल्ने भएकाले यले तङवेसँगै कक्फेवा तङनाम भन्ने गरिएको हो। लिम्बू भाषामा ‘कक’ भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन हो ।


    यस दिनमा वनभोज खाने, शुभकामना आदानप्रदान, आफन्तसँग भेटघाट र वर्षभरिकालागि कार्य योजना निर्माण गर्ने काम गरिन्छ । यो पर्वलाई थारू समुदायले माघी र हिन्दू धर्मावलम्बीले मकर संक्रान्तीका रूपमा मनाउँछन् । परिवारका मुलीहरूले आफूभन्दा सानो उमेरका सदस्यहरूलाई वन तरुल पोलेर टीका लगाई आशिर्वाद दिने चलन रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.