Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा हुने कनकाई भलिबल कपको सम्पूर्ण तयारी पूरा
    खेलकुद

    सुरुङ्गामा हुने कनकाई भलिबल कपको सम्पूर्ण तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०७९ माघ २, सोमबार ०३:१३ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा प्रदेश नं.१ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।


    सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गर्न लागेको प्रतियोगिता माघ३ गते सुरु भइ ७ गते समापन हुने आयोजक समितिले जनाएको छ । प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सहआयोजकका रुपमा रहेको छ ।


    विगतमा सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिता संचालन गरेर चर्चा कमाएको जेसीजले अब भलिबल खेललाई निरन्तरता दिने भएको छ । सुरुङ्गा जेसीजले पहिलो संस्करणमा वडास्तरीय र दोस्रो संस्करणमा समेत प्रदेश १को पालिका स्तरीय भलिबल प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरिसकेको छ । आफ्नो वार्षिक कार्यक्रमका रुपमा यस वर्ष पनि कनकाई माविको खेल मैदानमा कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा प्रदेश १ को पालिका स्तरिय भलिबल खेल संचालन हुन लागेको सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीले जानकारी दिएकी छन् ।युवाहरुमा लागूऔषध दुव्र्यसन, बेरोजगारी जस्ता समस्या बढिरहेका बेला खेलको माध्यमबाट व्यक्तित्व विकास गर्ने उद्धेश्यले नियमित रुपमा भलिबल प्रतियोगिता संचालन गर्दै जाने जेसीज अध्यक्ष उप्रेतीले बताएकी छन् ।


    प्रतियोगितामा झापासहित मोरङ् र इलाम गरी तीन जिल्लाका ८ टीमले भाग लिने भएका छन् । झापाको झापा गाउँपालिका ,बुद्धशान्ति गाउँपालिका , भद्रपुर नगरपालिका , गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका , दमक नगरपालिका, इलामको चुलाचुली गाउँपालिका र मोरङको बेलवारी नगरपालिकाले भाग लिने झापा जिल्ला भलिबल संघका उपाध्यक्ष एवं पुर्व राष्ट्रिय खेलाडी समेत रहेका सुरुङ्गा जेसीज वर्ष २०२२का महासचिव दुर्गा पाठक(राजु)ले बताए । प्रतियोगितामा विभिन्न पालिकाबाट विदेशी खेलाडीहरुको समेत सहभागीता हुने भएकाले यस पटकको भलिबल खेल थप आकर्षक बन्ने विश्वास गरिएको छ ।


    नकआउट प्रतियोगिताका आधारमा खेलाइने खेलमा प्रथम हुने टीमले १ लाख १ हजार १११ , द्वितीय हुने टीमले ६१ हजार १११ र तृतीय हुने टीमले २५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट स्पाइकर , बेष्ट ब्लकर , बेष्ट डिफेन्स र बेष्ट क्वीकरलाई ५ हजार १ सय नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको बताइएको छ । त्यस्तै म्यान अफ द सिरिजलाई २४ इन्चको रंगीन टीभी पुरस्कार स्वरुप वितरण गरिने महासचिव पाठकले जानकारी दिए ।


    कनकाई नगरपालिकासहित नगरका सबै वडा कार्यालयबाट समेत विशेष सहयोग प्राप्त भएको प्रतियोगिताकालागि झापाका अन्य पालिकाले समेत सहयोग गरेको कनकाई नगर खेलकुद विकास समितिका संयोजक समेत रहेका सुरुङ्गा जेसीजका पुर्वअध्यक्ष जविन तिम्सिनाले बताए । नेपाल बहुउद्देश्यीय सहकारी संस्था(एनएमसी) मुख्य प्रायोजक रहेको प्रतियोगितामा प्रायोजकका रुपमा ओसियन एजुकेशन एण्ड भिसा सर्भिसेज समेत रहेको छ ।
    प्रथम पुरस्कार विकास–अनु प्रसाईबाट प्राप्त हुने छ भने द्वितीय पुरस्कार युवा पर्यटन व्यवसायी वीरेन्द्र मैनाली र तृतीय पुरस्कार आइएमई लाइफ इन्सुरेन्सले प्रायोजन गर्ने भएको छ । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ३६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


    सुरुङ्गा जेसीजले कार्यसमितिका जिम्मेवार पदाधिकारी सहित पुर्व अध्यक्षहरुको उपस्थितीमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । अध्यक्ष सुष्मा न्यौपाने उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिव कँडेल, जविन तिम्सिना,कमल कट्टेल, वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष दिपेन्द्र प्रधान, खेलकुद संयोजक प्रतापबाबु जमरकट्टेल , प्रकरण निर्देशक राजकुमार कट्टेलको सहभागिता रहेको थियो । गत वर्ष दमकले उपाधि हात पारेको यस प्रतियोगिताको उद्घाटन खेल माघ ३ गते भद्रपुर र दमक नगरपालिकाबीच हुने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.