Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रविन तिम्सिना
    समाचार

    सुरुङ्गा जेसीजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रविन तिम्सिना

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २९, शुक्रबार ०९:३४ गते2 Mins Read

    कनकाई खबर \ सुरुङ्गा जेसीज सन् २०२३ को अध्यक्षमा प्रविन तिम्सिना सर्वसम्मत रुपमा चयन भएका छन् ।

    जेसीजको बिहिबार सम्पन्न १५औं साधारण सभाबाट यस क्षेत्रका एक सफल उर्जाशिल युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दहाल र रिसबसिंह चाहार सर्वसम्मत भएका छन् । जेसीज अभियानमा लामो समयदेखी सक्रिय हुँदै आएका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष दहालले विभिन्न जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्दै आएका छन् । त्यस्तै सुरुङ्गा जेसीजको एक सफल मोटिभेसनल स्पिकरका रुपमा अघि बढ्दै आएका अर्का नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष चाहारले हालै सम्पन्न नेपाल जेसीजको महाधिवेशनमा सुरुङ्गा जेसीजको प्रतिनिधित्व गर्दै वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थानको अवार्ड प्राप्त गरेका थिए । सुरुङ्गा जेसीजका तर्फबाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्न सक्ने सम्भावना बोकेका चाहार हाल स्थानीय एक निजी विद्यालयमा शिक्षण पेशामा आवद्ध छन् ।


    जेसीजको विधान अनुसार शाखामा चारजना उपाध्यक्ष हुने भएकाले सोही पदकालागि कनकाई वडा नं.–१ की निर्वाचित वडासदस्य समेत रहेकी निर्मला खड्का, पुर्ण श्रेष्ठ(नेवार), दिवाकर तिवारी र सपना गिरी चयन भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा सुजता सिटौला ओली सर्वसम्मत भएकी छन् । कानुनी सल्लाहकार, महासचिव सहित बाँकी अन्य पदहरुमा अध्यक्षले मनोनित गरी पदहस्तान्तरण कार्यक्रममा सार्वजनिक गरिने नवनिर्वाचित अध्यक्ष तिम्सिनाले जानकारी दिए ।


    सुरुङ्गा जेसीज वर्ष २०२२ की अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा महासचिव दुर्गा पाठक(राजु)ले संस्थाको प्रगति प्रतिवेदन साथै कोषाध्यक्ष मुक्ता कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन हलबाट पारित भएको थियो । कार्यक्रममा कोषाध्यक्ष कार्कीले आस्थावाचन र जनसम्पर्क अधिकारी खुस्बु पौडेलले जेसीज मिसन एण्ड भिजन प्रस्तुत गरेकी थिइन् ।


    जेसीजको विधान अनुसार निवर्तमान अध्यक्ष निर्वाचन आयुक्तको जिम्मेवारीमा रहनु पर्ने भएका कारण सुरुङ्गा जेसीजकी निवर्तमान अध्यक्ष यदुका उप्रेती(उषा)को नेतृत्वमा पुर्व अध्यक्ष कमल कट्टेल र सोमनाथ उप्रेती सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मतको पहल गरेको हो । त्यस्तै सुरुङ्गा जेसीजले हरेक वर्ष संचालन गर्दै आएको जेसीजको महत्वपुर्ण कार्यक्रम उत्कृष्ट नागरिक सम्मानको कार्यक्रममा विधानत सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष त्रिलोचन उप्रेती उत्कृष्ट नागरीक छनौट समितिको संयोजकमा चयन भएका छन् । उप्रेतीसँगै सुरुङ्गा जेसीजका पुर्व अध्यक्षद्वय कुमारमणि पोखरेल र शिवकुमार कडेल समितिको सदस्यमा चयन भएका छन् । समितिले वर्ष उत्कृष्ट नागरिकका रुपमा सम्मान गर्ने व्यक्तिको छनौट गरी जेसीजको पदहस्तान्तरण कार्यक्रममा विशेष सम्मान गर्ने जनाएको छ ।


    महासचिव दुर्गा पाठक(राजु) ले संचालन गरेको औपचारिक कार्यक्रमपछि नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरुलाई सुरुङ्गा जेसीजका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, शिवकुमार कडेल, सरला दहाल पोखरेल, जविन तिम्सिना, कमल कट्टेल, त्रिलोचन उपे्रती, यदुका उप्रेती(उषा), पुर्व कार्यकारिणी उपाध्यक्ष रामप्रसाद निरौला, सुमन कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.