Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वर्ष उत्कृष्ट अवार्ड कनकाई प्याब्सनलाई
    शिक्षा

    वर्ष उत्कृष्ट अवार्ड कनकाई प्याब्सनलाई

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २७, बुधबार १८:१४ गते3 Mins Read

    कनकाई खबर \ झापाको भद्रपुरमा ३२औं प्याब्सन दिवसको अवसर पारेर आयोजित जिल्ला स्तरीय बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा वर्ष उत्कृष्ट अवार्ड कनकाई प्याब्सनलाई प्रदान गरिएको छ ।


    झापाका १५वटै पालिकाहरु मध्ये प्याब्सन झापाको विभिन्न ५ वटा मुल्याङ्नका आधारमा प्याब्सन कनकाई नगर वर्ष उत्कृष्ट बन्न सफल भएको बताइएको छ । प्याब्सन कनकाई नगरको आर्थिक पारदर्शिता, संस्थागत सुशासन, उत्कृष्ट कार्यक्रम प्रस्तुती, एकआपसमा सुमधुर सम्बन्ध, अनुभवी एवं सक्षम समिति भएको कनकाई नगर प्याब्सन जिल्लाको वर्ष उत्कृष्ट बन्न सफल भएको प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले बताए ।

    गायन प्रतियोगीताको सिनियर तर्फ कनकाई ३ स्थित ग्लोबल एडुकेयर एकाडेमीबाट विद्यार्थी प्रशान्त गुरुङ प्रथम पुरस्कार ग्रहण गर्दै


    जिल्लाको उत्कृष्ट बन्न सफल भएको प्याब्सन कनकाई नगर समितिका तर्फबाट अध्यक्ष विनोद सुव्वा, सचिव मोहन थापा, कोषाध्यक्ष विनोद उप्रेती, सल्लाहकार डिआर सुवेदी र सागर ढुङ्गानाले नेपाली चलचित्रका नायक राजेश हमालको हातबाट अवार्ड ग्रहण गरेका थिए । झापा प्याब्सनका तर्फबाट प्राप्त भएको यो अवार्डले शिक्षा क्षेत्रमा थप उर्जा एवं हौसला प्राप्त भएको प्याब्सन कनकाईका अध्यक्ष विनोद सुव्वा बताउँछन् ।


    कार्यक्रमका अवसरमा साँस्कृतिक गायन प्रतियोगीताको सिनियर तर्फ कनकाई ३ स्थित ग्लोबल एडुकेयर एकाडेमीबाट सहभागी विद्यार्थी प्रशान्त गुरुङ प्रथम भएका छन् । त्यस्तै जुनीयर गायन तर्फ प्यारागन एकाडेमीकी सिभम्ता पाठकले दोस्रो स्थान हाँसिल गर्न सफल भएकी छन् । त्यस्तै बेनुबाजा अंग्रेजी मावि, दिव्यरत्न अंग्रेजी मावि लगायतले पनि उत्कृष्ट प्रस्तुती दिएको बताइएको छ । पुष २४ र २५ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १५पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्यबीच प्रतिष्पर्धा गर्दै नेपाली चलचित्रका नायक राजेश हमालको विशेष प्रस्तुतिसहित साँस्कृतिक कार्यक्रम सम्पन्न भएकोे हो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै नायक हमालले प्रजातन्त्रको पुनःस्थापनपछि नेपालको शिक्षाले उन्नतशील हुने अवसर पाएको र यस्तो वातावरणकालागि निजी लगानीमा सञ्चालित विद्यालयहरूको योगदान अविस्मरणीय रहेको बताए । उनले नेपालको समृद्धिका लागि शिक्षा नै पहिलो आधार रहेको तर्क गर्दै सरकारी र निजी भन्दै शिक्षालाई विभाजन गर्नु विकासमा बाधा सिर्जना गर्न खोज्ने अवस्था भएको बताए ।

    नायक हमालले सरकारले समान शिक्षाको वातावरण तयार पारेर जीवन उपयोगी सीपमा आधारित शिक्षाको अवसर प्रदान गर्न संस्थागत विद्यालय र सामुदायिक विद्यालयलाई समान अवसर प्रदान गर्नसके संसारमा प्रतिष्पर्धा गर्नसक्ने शिक्षा नेपालमा पाउने जनाएका छन् । उनले आफ्नो बाल्यकाल सम्झँदै नेपालमा राणा शासनमा शिक्षामा बन्देज गरिएकै कारण प्रजातन्त्रको स्थापनापछि फाट्टफुट्ट खुलेका विद्यालयबाट सुरू भएको नेपाली शिक्षा ३० वर्षे पञ्चायती व्यवस्थामा प्रतिष्पर्धी बन्न नसकेकै कारण आफूले अहिलेको जस्तो बहुप्रतिभाशाली शिक्षाको अवसर नपाएको भनाई राखेका थिए ।


    निजीस्तरका शिक्षालय ज्यादै कम भएकै कारण आफ्नो बाल्यकालमा प्रतिष्पर्धी शिक्षाको अवसर नआएको भन्दै वर्तमान समयमा संस्थागत विद्यालयका कारण सरकारी तथा निजी दुवै शिक्षालय प्रतिष्पर्धामा जाँदा विद्यार्थीहरूका लागि सुनौलो अवसर प्राप्त भएकोले सदुपयोग गर्न सबै विद्यार्थीलाई हमालले अनुरोध पनि गरेका छन् ।


    प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, प्याब्सन नेपालका सल्लाहकार गोविन्द लम्साल लगायतले धारणा राख्दै नेपालको गुणस्तरीय शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदान अविस्मरणीय रहेको बताए ।

    प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.