Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सेनाद्वारा सलामी अर्पण गर्दै कनकाईमा मनाइयो पृथ्वी जयन्ती
    मनोरञ्जन

    सेनाद्वारा सलामी अर्पण गर्दै कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २७, बुधबार १६:३४ गते3 Mins Read
    ??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई एक विशेष कार्यक्रमका विच मनाएको छ ।

    पुर्व पश्चिम राजमार्गबाट नगरपालिका तर्फ जाने प्रवेशद्वारमै कनकाई नगरपालिकाले अघिल्लो वर्ष मात्र स्थापना गरेको पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकसँगै नगरपालिकाले कार्यक्रम आयोजना गरेको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता एवं प्रमुख अतिथीका रुपमा रहेका प्रदेश सभा सदस्य एकराज कार्कीले कार्यक्रमको उद्घाटनका अवसरमा दिप प्रज्वलनसँगै झण्डोतोलन गरेको कार्यक्रममा श्री नयाँ श्रीनाथ गण चाराली व्यारेकका सेनाद्वारा सलामी अर्पण गरिएको थियो । व्यारेकका उपसेनानी प्रकाश श्रेष्ठको कमाण्डमा आएको ३५ जनाको सेनाको टोलीले सलामी अर्पण गरेको हो ।


    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य कार्कीले पृथ्वीनारायण शाह जस्तो राष्ट्रनिर्माताको सालिक निर्माण गरेर कनकाई नगरपालिकाले महत्वपूर्ण काम गरेको बताएका छन् । नेपाल र नेपालीको पहिचान दिने कामले गर्दा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज पनि स्मरण भइरहेको बताउँदै कार्कीले देश र जनताको लागि देखिने गरीको काम गर्न सकेमा मात्र राष्ट्रनिर्माताप्रतिको सच्चा सम्मान हुने कुरामा जोड दिए ।


    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताए।
    “कम्युनिष्ट आस्था बोकेका मेयरले किन राजाको सालिक ठड््याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे”, सालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेलले भने, “दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने महान् व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित हुनुहुन्छ ।”


    गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो । नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव २०७७ मै लगेका थिए । आफ्नो पहिलो कार्यकाल समापन हुनु अघि नै नगर प्रमुख पोखरेलले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका हुन् । “पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभएको हुँदा उहाँको सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गर्नुभयो”, पोखरेलले भने, “बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक हुनुभयो ।” राष्ट्रको एकीकरण गरेर राष्ट्रनिर्माताका रुपमा रहेका पृथ्वीनारायण शाहको सपना साकार पार्नु आम नेपालीको कर्तव्य भएको कनकाई नगरपालिकाका प्रमुख पोखरेल बताउँछन् ।


    कार्यक्रममा पृथ्वीनारायण शाहको जीवनी र महत्वका विषयमा यस अघि नै सम्पन्न भएको वक्तृत्वकलाका सहभागी मध्ये उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित प्रशंसा पत्र प्रदान गरियो । उत्कृष्ट प्रतियोगीहरु मध्ये हरिकुल माविकी छात्रा स्मृति दहाल प्रथम, कनकाई माविकी सरु मगर द्वितीय र सरस्वती माविका मनिष उप्रेती तृतीय भएका थिए ।उनीहरुले जनही ५ हजार,४ हजार र ३ हजार नगर र प्रशंसा पत्र प्राप्त गरेको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।


    कनकाई नगरपालिका वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईको संचालन तथा वडा नं.१की वडासदस्य निर्मला खड्काले स्वागत गरेको कार्यक्रममा नगर क्षेत्रमा क्रियाशिल राजनीतिक दल, सामाजिक, शैक्षिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मेची क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख जीवनकुमार पोखरेल, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, समाजसेवी शेरवहादुर थापा लगायतले भौगोलिक एकीकरण मात्र नभई विभिन्न जातजाती,भाषाभाषी, धर्मसंस्कृति र सम्प्रदायको विच एकीकरण गर्ने राष्ट्रनिर्माताको सालिक अनावरण गरेर कनकाई नगरपालिका देशमै उदाहरणीय बनेको बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.