Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर
    समाचार

    रोटरी क्लव अफ सुरुङ्गाले असक्तहरुलाई घर घरमै पुर्यायो व्हील चेयर

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २७, बुधबार ०७:५० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ ।

    आर्थिक अवस्था कमजोर भएका १३ जना शारिरीक रुपमा अशक्त अपाङगहरुको छनौट गरी क्लवका पदाधिकारीहरुले घर घरमै पुगेर व्हील चेयर वितरण गरेको हो । क्लवले व्हील चेयर वितरणको कार्यक्रमलाई आफ्नो वार्षिक कार्यक्रमको रुपमा राखेर स्थापना वर्षदेखि नै सहयोग गर्दै आएको क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईले जानकारी दिए ।


    व्हील चेयर प्राप्त गर्नेहरुमा कनकाई–३ निवासी भागीरथा संग्रौला, कनकाई–५ निवासी पुर्णप्रसाद भट्टराई र निश्चल मग्रान्ती, कनकाई–६ निवासी हरिमाया मगर, कनकाई– १ निवासी त्रिलोचन भट्टराई, कनकाई– ८ निवासी विधान राजवंशी र चन्द्रप्रसाद राजवंशी, कनकाई–९ निवासी श्रावणीप्रसाद खनाल लगायत रहेको अध्यक्ष प्रसाईले जानकारी दिएका छन् । बाँकी रहेका केही व्हील चेयर वितरणकालागि आर्थिक रुपले विपन्न अशक्त व्यक्तिहरुको पहिचान हुँदै गरेको बताइएको छ ।


    रोट्रयाक्ट क्लव अफ सुरुङ्गा समेतको समन्वय रहेको कार्यक्रम रोटरी क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका निवर्तमान अध्यक्ष सुशिलकुमार श्रेष्ठ, पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सचिव मेनुका उप्रेती लगायत रोट्रयाक्टका पदाधिकारीहरुको सहभागीता रहेको बताइएको छ ।


    निस्वार्थ सामाजिक सेवामा अहोरात्र क्रियाशिल रोटरी क्लवले शारिरीक रुपमा अशक्त व्यक्तिहरुलाई व्हील चेयर प्रदान गरेको यो पवित्र कार्यप्रति आँफू अत्यन्तै प्रभावित भएको कनकाई–६ का वडाअध्यक्ष दिर्घवहादुर थापाले बताए । वडा नं.६ निवासी अशक्त हरिमाया मगरलाई व्हील चेयर वितरणको संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय वडाका अध्यक्ष थापाले स्थानीय सरकारको समेत ध्यान नपुगेको संवेदनशिल विषयमा रोटरी क्लवबाट भएको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा आफ्नो वडाको तर्फबाट क्लवसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.