Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन
    शिक्षा

    दुधे माविमा प्रअ विवादः भित्र नगरप्रमुखसँग सहमति, वाहिर नेविसंघको आन्दोलन

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २७, बुधबार ००:१९ गते2 Mins Read

    शिवसताक्षी \ झापा शिवसताक्षीस्थित दुधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्रधानाध्यापक विवाद प्रकरणमा नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ ।

    नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले नियम र कानुन परिधि भित्र रही यस विषयमा ७ दिन भित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताए पछि नेविसंघले सहमति जनाएको छ । यता नेविसंघका जिल्ला सभापति राजेन्द्र उप्रेतीसहतिको टोली र नगरप्रमुख थोप्रासँग नगरप्रमुखको कार्यकक्षमा सहमति भइरहँदा आन्दोलनकारीले त्यसको प्रवाह नगरी नगरपालिकाको गेट लगाइदिएका थिए । आन्दोलनकारीले नगरपालिका क्षेत्र भित्र प्रवेशगरी नगरप्रमुख थोप्रा र शिक्षा अधिकारी विरुद्ध नाराबाजी गरेका थिए भने नगरपालिका हाता भित्र राखिएको गमला समेत तोडफोड गरेका छन् ।


    आन्दोलनको जानकारी पाएपछि नगरपालिकाले नेपाल प्रहरीलाई तैनाथ गरेको थियो । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले नगरपालिका ऐन र नियम अनुसार नै अघि बढिरहेको बताए । विद्यालय जस्तो पवित्र संस्थामा राजनीति नगर्न सबैलाई आग्रह गरेका थिए । उनले शिक्षक नियुक्ति प्रकरणमा सबै सरोकारवाला निकायहरुलाई एकै ठाउँमा राखी नियम र कानुनको परिधि भित्र रही सात दिन भित्र छलफल गराउने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।


    विद्यालय व्यवस्थापन समितिले स्नातक तहको शैक्षिक योग्यता भएका माध्यमिक तथा द्वितीय श्रेणीका वरिष्ठ शिक्षकका आधारमा लालमणी सुवेदीलाई निमित्त प्रअ. बनाई नगरपालिकामा बैंक खाता सञ्चालनका लागि पठाइएको थियो । यता सोही विद्यालयका स्नातकोत्तर तह शैक्षिक योग्यता भएका द्वितीय श्रेणीका शिक्षक श्रीप्रसाद खरेलले कक्षा १२ सम्म सञ्चालन भएको विद्यालयमा प्रधानाध्यापक हुन आफु योग्य भएको भनी नगरपालिकामा निवेदन दिएका थिए ।


    माध्यमिक तहका एक भन्दा बढी शिक्षकको प्र.अ.मा दावी पेश भएपछि शिवसताक्षी नगरपालिका शिक्षा शाखाले शिक्षा नियमावली २०५९ (संसोधन सहित) ९३ (३) बमोजिम प्र.अ. नियुक्ति प्रकृया पुरा गरी प्रअ. नियुक्ति भएको खण्डमा खाता सञ्चालन परिवर्तन सिफारिस दिन सकिने विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाएको थियो ।


    विद्यालय व्यवस्थापन समितिले प्र.अ. नियुक्ति प्रक्रिया अगाडी नबढाएपछि शिवसताक्षी नगरपालिकाको नगरकार्यापालिकाको बैठकले सात दिन भित्र ९३ (३) बमोजिम प्र.अ. नियुक्ति अघि बढाउन निर्देशन दिने र तत्कालका लागि शिक्षक कर्मचारीहरुलाई तलब भुक्तानीका लागि विद्यालय कर्मचारी र नगरपालिकाका लेखा शाखाका कर्मचारीको नाममा खाता सञ्चालन गर्ने गरेको थियो । उक्त निर्णयको विरुद्ध नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिका घेराउ गरेको हो ।


    यस अघि नै नेविसंघ, नेपाली कांग्रेस, नेपाल शिक्षक संघले विद्यालय व्यवस्थापन समितिले तोकेको प्रधानाध्यापकलाई मान्यता दिन नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो । पटक पटक शिक्षक नियुक्ति प्रकरणमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको नेविसंघले जनाएको छ । आन्दोलनमा नेपाली कांग्रेस शिवसताक्षी, नेपाल शिक्षक संघ आवद्ध शिक्षक, नेपाल विद्यार्थी संघका सभापति तथा प्रतिनिधिहरु र नेपाल तरुण दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.