Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जेष्ठको वडा संयोजकमा पुर्व वडाअध्यक्ष पौडेल
    समाचार

    जेष्ठको वडा संयोजकमा पुर्व वडाअध्यक्ष पौडेल

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २५, सोमबार १६:३६ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–४ स्थित जेष्ठ नागरिक संघको संयोजकमा गोविन्द पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

    पुर्व जनप्रतिनिधि समेत रहेका कनकाई–४ का पुर्व वडाअध्यक्ष पौडेलले सेवाको भावनाबाट प्रेरित हुँदै वडामा भएका जेष्ठ मातापिताको हितमा काम गर्ने उद्येश्य लिएको बताएका छन् । वडास्थित जेष्ठ नागरिक भवनमा सम्पन्न संघको प्रथम वडाअधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका पौडेलले आगामी दिनमा जेष्ठ नागरिकको हकहितकालागि वडामा जेष्ठ नागरिक चौतारीको थप व्यवस्थापन गर्न पहल गर्ने जनाएका छन् ।


    संघको सह संयोजकमा लक्ष्मीप्रसाद पाठक, सचिवमा टेकबहादुर बस्नेत, सहसचिवमा अभिनारायण धमला र कोषाध्यक्षमा कमला सुवेदी चयन भएका छन् । संघको सदस्यहरुमा क्रमशः तुलसीराम भेट्वाल, अम्बरबहादुर कोइराला, गीता सुजी र कृष्णमाया भण्डारी चयन भएका छन् । अन्य दुईजना सदस्य समितिको पहिलो बैठकले मनोनित गरी ११ सदस्यीय वडासमिति निर्माण गर्ने योजना रहेको नवनिर्वाचित संयोजक पौडेलले जानकारी दिए । कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न जेष्ठ नागरिक संघ कनकाईका उपाध्यक्ष गोपाल चुडालको संयोजकत्वमा देवीमाया दहाल र शेषप्रसाद प्रसाई सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको थियो ।


    जेष्ठ नागरिक संघ कनकाई–४ का संयोजक विनोद शर्मा दहालको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संयोजक दहालले वडामा जेष्ठ नागरिक संघले खेलेको भूमिकाको बारेमा तयार पारिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जेष्ठ नागरिकलाई वृद्धाश्रम होइन, माया सदभाव र आफ्नै सुरक्षित आश्रय स्थल चाहिन्छ भन्ने कुरालाई जोड दिँदै संघका वडा संयोजक दहालले जेष्ठ सदस्यलाई दुःख बिसाउँने चौतारीको आवश्यक हुने बताए । जेष्ठ नागरिक ज्यँदो इतिहास भएको कुरा व्यक्त गर्दै समाज रुपान्तरण र पुष्ता हस्तान्तरणमा जेष्ठ नागरिकको अहम भुमिका रहने प्रतिवेदन मार्फत जानकारी गराइएको छ ।


    संघको वडा समितिका उपाध्यक्ष बलराम सुवेदीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी, संघका नगर सचिव शम्भुप्रसाद पोखरेल, राजनीतिक दलका तर्फबाट घनश्याम पौडेल, संघको वडा नं.९ का संयोजक धनपति मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संघको वडासचिव डम्बरप्रसाद फुयालले गरेका थिए ।

     े

    े

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.