Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालबालिकालाई न्यानो कपडा(स्विटर) वितरण गर्दै रोटरी क्लव सुरुङ्गा
    समाचार

    बालबालिकालाई न्यानो कपडा(स्विटर) वितरण गर्दै रोटरी क्लव सुरुङ्गा

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २४, आईतवार ०२:४६ गते2 Mins Read

    कनकाई खबर \ शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ ।

    झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाईको वडा नं.५ चप्रामारीमा रहेको भगवती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि न्यानो कपडाका रुपमा स्विटर वितरण गरेको हो ।


    विपन्न र सिमान्तकृत समुदायका वालवालिकाहरु अध्ययनरत ग्रामिण क्षेत्रको विद्यालयलाई लक्षित गरी क्लवले त्यहाँ रहेका ५५ वालवालिकालाई न्यानो कपडा(सुइटर) वितरण गरेको क्लवका अध्यक्ष खेमप्रसाद प्रसाईले जानकारी दिएका छन् । न्यानो कपडाको संयोजन क्लवका पदाधिकारी साथै सदस्यहरुबाटै भएको बताइएको छ ।

    सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको क्लवले केही दिन अघि मात्र कनकाई –१ स्थित पशुपति प्राथमिक विद्यालयका ८२ जना विद्यार्थीलाई खेलका सामाग्री वितरण गरेको थियो । साना वालवालिकाहरु खेल खेल्दै अध्ययनमा उत्प्रेरित हुने भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीकालागि व्याडमिन्टन, फुटबल, भलिबल, चेस, लुँडो, स्किपिङ, रबर बल लगायतका खेल सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष प्रसाईले बताए । रोटरी क्लव अफ सुरुङ्गाले प्रारम्भिक चरणबाटै ग्रामिण क्षेत्रमा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिकालागि सहयोग गर्दै आएको बताइएको छ ।


    क्लवको स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, खानेपानी तथा सरसफाई, आधारभूत शिक्षा, शारीरिक रुपमा अशक्त भएका वालवालिकाहरुकालागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत क्लवले महत्वपूर्ण कार्य गर्दै आएको बताइएको छ ।

    क्लवका अध्यक्ष प्रसाईको सभापतित्व रहेको न्यानो कपडा स्विटर वितरण कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक कुमार पाठकले रोटरीले गरेको सहयोगबाट विद्यालयको शैक्षिक स्तर वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । बिपन्न वर्ग र समुदायका वालवालिकाहरु अध्ययनरत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिकालागि रोटरीले गरेको सहयोगबाट अन्य संघसंस्थाहरुले समेत सिक्नु पर्ने तर्फ जोड दिँदै निमित्त प्रधानाध्यापक पाठकले विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि रोटरी क्लवको सहयोग निरन्तर रुपमा रहने विश्वास व्यक्त गरे ।


    विद्यालय परिसरमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा क्लवका पूर्व अध्यक्ष कुमारमणी पोखरेल, प्रेसिडेन्ट नोमिनि लुवराज उप्रेती, प्रथम उपाध्यक्ष डिल्लीराम मैनाली, कोषाध्यक्ष बमबहादुर कुँवर, सह–कोषाध्यक्ष रेणुका उप्रेती र सदस्य प्रमिला खरेलको उपस्थिति रहेको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, विद्यालयका शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको बताइएको छ । क्लवका इनकमीङ प्रेसिडेन्ट शिवकुमार कडेलले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन सचिव मेनुका उप्रेतीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.