Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक बनले कनकाई खबरका सम्वाददाता तिम्सिनासहित दर्जनौलाई गर्यो सम्मान
    समाचार

    कनकाई सामुदायिक बनले कनकाई खबरका सम्वाददाता तिम्सिनासहित दर्जनौलाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २३, शनिबार १३:४५ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई स्थित तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वनको २४ औ वार्षिक साधारणसभामा कनकाई खबरका सम्वाददाता पत्रकार चुडामणि तिम्सिना(सिएम शर्मा) सहित दर्जनौं सम्मानित भएका छन् ।

    पछिल्लो समय आफै संचालक \ सम्पादक रहेको ठोस खबर डटकम न्युज पोर्टल संचालन गर्दै आएका पत्रकार तिम्सिनाले सञ्चार माध्यमबाट वन क्षेत्रको संरक्षण , संवद्र्धन र विकासमा पुर्याएको सहयोगको मुल्यांकन गर्दै वन समूहले आफ्नो साधारण सभाको अवसरमा तिम्सिनालाई नगद सहित सम्मान गरेको हो । कनकाई सुरुङ्गा प्रेस क्लवका कोषाध्यक्ष समेत रहेका पत्रकार तिम्सिनासँग विर्तामोडबाट प्रकाशित ईजलास दैनिकसहित अन्य विभिन्न संचार माध्यममा काम गरेको अनुभव छ ।


    पत्रकार तिम्सिनासँगै वन समूहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । साथै उत्कृष्ट नतिजा तथा जेहेन्दार विद्यार्थी तर्फ उपभोक्ता सदस्यका छोराछोरीहरु रिजन सुवेदी , अनुषा राई , रोशन ( प्रनिष बाबु ) , निरुपण प्रसाईं , निर्मला रिजाल , विमर्श दाहाललाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसैगरी फरक क्षमता भएका मोहनबहादुर गुरुङ , ज्ञानबहादुर लिम्बू , पञ्चसिला भुजेल , डम्बरबहादुर दर्जी र बिरबहादुर लिम्बूलाई पनि सम्मान गरिएको छ ।

    कार्यक्रममा समूहको दशौं समितिको कार्यकाल चलिरहँदा पूर्व कार्य समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिदै पाँचौं पूर्व कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । त्यस्तै दशौ कार्यसमिति छनौटका निमित्त जिम्मेवारी निर्वाह गरेर कार्य सम्पन्न गरेको निर्वाचन समितिलाई पनि सम्मान गरिएको छ ।


    जेष्ठ नागरिक तर्फ दलबहादुर कटुवाल , पवित्रादेवी तिम्सिना , चन्द्र प्रसाद उप्रेती , लिलादेवी चापागाईं , मर्करध्वज सुवेदी , टिकादेवी मैनाली , पुण्यप्रसाद मैनाली , बाले मुर्मु मातालाई ज्येष्ठ नागरिकको रुपमा अभिनन्दन सहित कपडा र नगद बाट सम्मान गरिएको छ ।

    वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहको साधारण सभामा अध्यक्ष ख्याम ओलीले वन संरक्षण समिति लगायत ९औंं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौं कार्यसमितिको प्रथम वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


    त्यस्तै अध्यक्ष ओलीले आर्थिक वर्ष २०७८÷०७९ मा समूहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समूहबाट सन्चालन गरिने निति तथा कार्यक्रमका साथै चालू आर्थिक बर्ष २०७९÷०८० मा विभिन्न शिर्षकबाट आम्दानी तर्फ र खर्च तर्फ समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार १ सय ३७ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा प्रस्तुत गरिएकाके छ ।


    त्यसैगरी वन समूहका कोषाध्यक्ष तथा बजेट तथा कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समूहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै खरेलले समूहको २०७९÷०८० को अनुमानित आम्दानी तथा खर्चको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत सभामा पेस गरेका छन् ।


    कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको बताइएको छ । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यलय सचिव नेत्र भट्टराई र सल्लाहकार भीष्म मैनालीले सम्हालेका थिए भने माईन्युट प्रमाणीकरण डा. पुण्य प्रसाद पौडेल, कमल मैनाली, तीर्थराज खरेल, हरिप्रसाद सेडाई र चन्द्र मैनाली भतिजले गरेका थिए ।


    “वन संरक्षण गरौ देशको वातावरण जोगाऔं“ भन्ने मुल नाराका साथ वन समुहको परिसरमा समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल , भक्तिप्रसाद सिटौला , लखी गणेश, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, पुर्व मन्त्री तथा पुर्व प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख सुरेसकुमार खनाल , कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदी, राजनीति दलका तर्फबाट दुर्गा प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


    वन समूहकी सचिव मान्तादेवी काफ्ले खरेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष ललितबहादुर कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.