Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रजातन्त्रका सेनानी हेमरमको स्मृति सभा, कांग्रेसका उपसभापति माननीय गुरुङले गरे सम्बोधन
    राष्ट्रिय

    प्रजातन्त्रका सेनानी हेमरमको स्मृति सभा, कांग्रेसका उपसभापति माननीय गुरुङले गरे सम्बोधन

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २२, शुक्रबार ०२:५१ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा प्रजातन्त्रका सेनानी तुर्षा हेमरमको २६औं स्मृति सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

    कनकाई–१ स्थित नगरपालिकाको कार्यालयसँगै निर्माणाधीन अवस्थामा रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा स्मृति सभाको आयोजना गरी उनको राजनीतिक योगदान र जीवनीकाबारेमा चर्चा गरिएको थियो । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाली कांग्रेसका उपसभापति सांसद धनराज गुरुङले प्रजातन्त्र प्राप्तीको आन्दोलनमा स्वर्गीय तुर्षा हेमरमले पुरयाएको योगदानको प्रशंसा गरे ।


    हेमरमले केवल सन्थाल समुदायको लागि मात्र नभएर सबै समुदाय र क्षेत्रका जनताको उन्नती र प्रगतीकालागि उठाएको आवाज र बिचार अहिले पनि नेपाली कांग्रेसकालागि महत्वपूर्ण सम्पति भएको सांसद गुरुङले टिप्पणी गरे । हेमरमको बिचार, कर्म र विश्वासमा अडिएको निष्ठालाई स्थापित गर्न सके मात्र उनीप्रति सच्चा सम्मान हुने भन्दै सांसद गुरुङले झापाका पूर्व उपसभापति समेत रहेका हेमरम वी.पी.का अन्त्यन्तै विश्वास पात्र मध्येका एक भएको बताए ।

    वर्तमान देशको राजनीतिप्रति कटाक्ष गर्दै कांग्रेस नेता गुरुङले राजनीति गर्नेहरुकालागि स्व.हेमरम एउटा भरपर्दो शिक्षा साथै आदर्श भएको बताए । पदमा पुगेका नेताहरुले आफ्नो कद घटाउँदै गएकोमा दुःखी बनेका नेता गुरुङले आदर्श पुरुष तुर्षा हेमरमको जीवनीबाट राजनीति गर्ने नेताहरुले सिको गर्नु पर्नेमा जोड दिए ।


    प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति एवं प्रदेश सभा सदस्य उद्धव थापा, प्रदेश सभा सदस्य लखी गणेश, केन्द्रिय सदस्य सुशिला ढकाल, कांग्रेसका झापा सभापति देउकुमार थेबे, पूर्व सांसद तथा कांग्रेसका अग्रज नेता डिल्ली सिटौला, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, संबिधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र विश्वदीप लिङ्देन, लगायतले सन्थाल समुदायमा जन्मिएर हुर्केका हेमरमले वी.पी.र समाजवादी चिन्तक सि.के.प्रसाईका अत्यन्तै निकट रहेर राजनीति गरेको स्मरण गर्दै उनी प्रजातन्त्रका सच्चा सेनानी रहेको बताए ।


    कार्यक्रममा तीर, धनुष काँड सहित विभिन्न खेल तथा सन्थाल जातीको भेषभुषामा सजिएका कलाकारहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए । सोही अवसरमा पुराना गायक खड्ग रायमाझीको स्वर,संगीत र रचना रहेको ‘हेरन शहिदहरुलाई…’ बोलको गीत गायक खड्ग र सन्तोष रायमाझीले सभा हलमा प्रस्तुत गर्दा सहभागीहरुमा सन्नाटा छाएको थियो ।


    प्रतिष्ठानकी उपाध्यक्ष टिका मैनालीले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.