Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोस इलाम द्धारा वित्तिय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम
    आर्थिक

    सहारा नेपाल साकोस इलाम द्धारा वित्तिय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष २१, बिहीबार ००:४५ गते3 Mins Read

    कनकाई खबर सम्बाददाता (इलाम) \ सहारा नेपाल साकोस इलाम सेवा केन्द्रले वित्तिय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

    सेवाकेन्द्र मातहतमा सञ्चालित विभिन्न सहारा महिला समूहका ३१ जना सदस्य सहभागी भएको कार्यक्रम इलाम न.पा. वडा नं. ६ कि पूर्व कार्यपालिका सदस्य एवं शितल सहारा महिला समूह नं.११२की प्रतिनिधि सानु दासको अध्यक्षतामा सम्पन्न भएको हो ।


    “उत्कृष्ट संस्थाको बनाउदै पहिचानः आबद्धतामा सदस्यलाई गर्व र आत्मसम्मान” भन्ने नाराका साथ सेवा केन्द्रको कार्यालयमा संचालन भएको कार्यक्रममा वित्तिय साक्षरता साथै सहकारी ऐन २०७४मा गरिएका विभिन्न व्यवस्थाका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सहभागीहरुलाई संस्थामा कारोवार गर्दा वर्तमान अवस्थामा अन्धाधुन्ध कारोवार नगरी संस्थाको आर्थिक स्वास्थ्य अवस्था बारे सुसुचित हुन समेत अनुरोध गरीएको थियो ।


    कार्यक्रममा संस्थाको आर्थिक स्वास्थ्य अवस्थाको विवरणका बारेमा समेत जानकारी लिएर निर्धक्क भई कारोवार गर्न सेवाग्राहीलाई अनुरोध गरिएको थियो । यसका साथै आफूले राख्ने वचतको प्रकृती हेरी फिर्ता पाउने समयमा फिर्ता लिनुपर्दा कोहि पनि सदस्यले दोधार हुनु नपर्ने ग्यारेन्टि गरिएको थियो । समूह गुणस्तरताकालागि कर्मचारी तथा सदस्यको भूमिका,कर्जा लिएर सदुपयोग गरेमा त्यसबाट हुने फाइदा, धेरै संस्थामा आबद्ध भई कारोवार गर्दा सदस्यलाई पर्न सक्ने असहजताका बारेमा जानकारी गराइएको छ । समूह पोशाक र त्यसको महत्व,वैठक शुरु गर्दा गरिने विकाशको एक मन्त्र, सहारा गान, समूह वैठक सञ्चालनका विभिन्न १८ चरण लगायतका विषयमा सदस्यहरुलाई जानकारी गराइएको इलाम सेवा केन्द्रका प्रमुख केपी लुइटेलले जानकारी दिए ।

    संस्थाको वर्तमान वस्तु तथा सेवाहरु मोबायल बैंकिङ, एटिएम,वचत सेवा,ऋण सेवा,रेमिट,विमा एवम् संस्थाले कर्जा सुरक्षणकोष वापत उपलब्ध गराउदै आएको विभिन्न सेवा सुविधाका बारेमा कार्यक्रममा जानकारी गराइएको केन्द्र प्रमुख लुइटेल बताउँछन् । सहभागीहरुलाई कार्यक्रमको नारा अंकित सदस्यको फोटो सहितको व्याज वितरण गरिएको थियो ।


    सेवा केन्द्रका कर्मचारी सम्झना गुरुङ्गको सञ्चालन साथै कर्मचारी अनुप रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रमको व्यवस्थापन सरस्वती कार्कीले गरेकी थिइन्। कार्यक्रममा सहभाागीका तर्फबाट विभिन्न स.म.स.का प्रतिनिधिहरु क्रमशः भगवती पराजुली,संगिता खड्गी लगायतले आगामी दिनमा समेत संस्थाले यस्ता सदस्य केन्द्रित कार्यक्रमहरु सञ्चालन गरि सदस्यहरुलाई लाभ प्रदान गर्न सकोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।


    संस्थाले नियमित गर्दै आइरहेको सदस्य सन्तुष्टि सर्वेक्षण फारम सहभागी सदस्यहरुलाई भर्न लगाई कार्यक्रमबाट निस्किएको निष्कर्ष समेटिएको १० बुँदे प्रतिबद्धता पत्रमा दस्तखत समेत गरिएको थियो ।


    सहारा नेपाल साकोस लि. सेवा केन्द्र इलाम
    वित्तिय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम २०७९ पौष १९
    सहभागी सदस्य प्रतिबद्धता पत्र
    १.हाम्रो समूह गुणस्तर बनाउन आवश्यक सुचकहरु पूरा गर्दे जानेछौं र संस्थाको आबद्धतामा आफूलाई गर्व महशुस हुने कार्य गर्नेछांै ।
    २.संस्थाका कार्यक्रमहरुले हामीलाई वित्तिय पहुँच पु¥याई आर्थिक कारोवारमा अगाडि बडाउँन खेलेको भूमिकाप्रति सदैव सकारात्मक रहि अनावश्यक टिका टिप्पणी एवम् हल्लाका पछि लाग्ने छैनौं ।
    ३.समूहमा सदस्य विस्तार गर्दै नियमित सदस्य वृद्धिकालागि सकारात्मक भूमिका निर्वाह गर्नेछौ ।
    ४.सदस्यले स्वयं आफ्नो क्षमता हेरी कर्जा लिने तथा सिफारिस गर्नेछौं । संस्थाबाट आफूले लिएको कर्जा नियमानुसार तिर्ने कुराप्रति अनावश्यक झैझमेला हुन दिने छैनौं । यसलाई आफ्नो स्वधर्म ठानी परिपालना गर्नेछौं ।
    ५.संस्था रहे हामी सदस्य पनि रहने र संस्थाले ल्याउने सेवा सुविधा उपभोग गर्न हामीले नै प्राप्त गर्ने भएकाले स्तरोन्नतीका लागि सदा लागिपर्नेछांै ।
    ६.प्रत्येक समूह वैठकमा आफ्नो उपस्थिती महत्वपूर्ण हो भन्ने ठानी न्युनतम १० मिनेट भलाकुसारी गर्नकालागि अनिवार्य उपस्थित हुनेछौं ।
    ७.उद्यमी सदस्य बनि आफ्नो व्यवसाय विस्तार गर्न र पहिचान बनाउन लागि पर्ने र कर्जाको सदुपयोग गर्नेछौं । धेरै संस्थाको आबद्धताले पार्न सक्ने विविध कठिनाईप्रति सजग रहदै आफ्नो आवश्यकता पूरा गर्ने एक उपयुक्त संस्था छनौट गर्नेछौ ।
    ८.समूह पदाधिकारी भई आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सदैव उत्तरदायी रहनेछौ ।संस्थाले ल्याएका वस्तु तथा सेवाहरुको अधिकतम लाभ लिन सदा लागिपर्नेछांै ।
    ९.संस्थाका निति नियम बारे बुझ्न लागिपर्नेछौं, कुरा नै नबुझि अर्काको भनाइलाई मात्र आधार बनाउनु भन्दा तथ्य बुझेर बास्तविकता बुझ्न तर्फ लाग्नेछौं ।
    १०.संस्थाका हामी शेयर सदस्य भएको हुँदा यो संस्थाको पहिचानको उचाइमा आफूलाई गौरव गर्दै थप उचाइमा पुग्न आवश्यक राय सल्लाह र सुझाव प्रदान गर्नेछौं ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.