Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चिसोसँगै किराँत राई यायोख्खाको साकेला नृत्यले ततायो माहोल
    मनोरञ्जन

    चिसोसँगै किराँत राई यायोख्खाको साकेला नृत्यले ततायो माहोल

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १७, आईतवार १३:०२ गते2 Mins Read
    ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    कनकाई खबर \ झापाको कनकाई नगरमा क्रियाशिल रहेको किराँत राई यायोख्खा नगर प्रारम्भिक कार्यसमितिको छैटौं बृहत वार्षिक भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    कनकाई—८स्थित वनभोज स्थलमा साकेला नृत्यसहित विभिन्न साँस्कृतिक प्रस्तुतीका साथ भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।संस्थाको वार्षिक क्यालेण्डरमा भएको भेटघाट कार्यक्रमको निरन्तरता स्वरुप यस पटक सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।


    समाजका जेष्ठ मातापितालाई जिउँदो तीर्थका रुपमा लिँदै ८० वर्ष माथिका ६ जना जेष्ठ अभिभावकलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा कनकाई २ की ८० वर्षिया कालीमाया राई, कनकाई ३ की ९७ वर्षीया गौरीमाया राई, कनकाई ६ का ८७ वर्षिया तिलकवहादुर राई, कनकाई ७ की ९५ वर्षिया पदमकुमारी राई, कनकाई ८ का ८५ वर्षिया जमानवहादुर राई रहेका छन् । सम्मानित जेष्ठ मातापिता सबैलाई किराँत राई यायोख्खा प्रारम्भीक जिल्ला कार्य समिति झापाका सदस्य हिरण्यकुमार राई, नगर प्रारम्भिक समितिका अध्यक्ष अर्जुनकुमार राई, कोषाध्यक्ष निर्मला चाम्लीङ राईसहित समितिका पदाधिकारीहरुले सम्मान गरेका थिए । जेष्ठ मातापिताहरुलाई सामुहिक भोजन समेत गराइएको थियो ।


    सम्मानकै क्रममा कनकाई–८ निवासी साफ च्याम्पीयनमा प्रथम भएकी महिला फुटबल खेलाडी १५ वर्षिया सिम्रन राईलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको छ । सिम्रनले १५ वर्ष उमेर समूहको साफ च्याम्पीयनमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित हुन सफल भएकोमा खुशी व्यक्त गर्दै उनलाई सम्मान गरिएको किराँत राई यायोख्खा कनकाई नगर प्रारम्भिक समितिका सचिव बालचन्द्र राईले जानकारी दिए । सम्मानकै क्रममा कनकाई—३ निवासी नृत्य प्रशिक्षक विराज राईलाई समेत नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको सचिव राईले बताए । कार्यक्रमका प्रमुख अतिथी किराँत राई यायोख्खा केन्द्रिय प्रारम्भिक समितिका सदस्य एवं झापा इञ्चार्ज ईन्द्रमान चाम्लिङ राई, विशिष्ट अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, संस्थाका जिल्ला अध्यक्ष गणेशवहादुर राई लगायतले सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन ।


    यसै अवसरमा महिलाहरुको प्रतियोगितात्मक म्युजिकल चेयरको कार्यक्रम समेत संचालन भएको संस्थाकी कोषाध्यक्ष निर्मला चाम्लीङ राईले जानकारी दिएकी छन् । प्रतियोगितामा क्रमशः सरीता राई प्रथम, लक्ष्मी राई दोस्रो र कार्यपालिका सदस्य समेत रहेकी चेता राई तेस्रो भएका छन् । विजेता तीनैजनाले नगद पुरस्कार प्राप्त गरेको बताइएको छ ।


    किराँत राई यायोख्खा कनकाई नगर प्रारम्भिक समितिका अध्यक्ष अर्जुनकुमार राईको अध्यक्षतामा भएको शुभकामना आदानप्रदानसहितको वनभोज कार्यक्रममा मदिराको प्रयोग निषेध गरिएको जनाइएको छ । अत्यन्तै अनुशासित एवं मर्यादित रुपमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई संस्थाका सहसचिव सर्वधन राईले स्वागत गरेका थिए भने सचिव बालचन्द्र राईले औपचारिक कार्यक्रमको संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.