कनकाई खबर सम्बाददाता (सिएम शर्मा) \ झापाको कनकाईमा क्रियाशिल साहित्यीक स्रष्टाहरुको संस्था कनकाई प्रतिभा प्रतिष्ठानको अध्यक्षमा जीवनाथ सुवेदी सर्वसम्मत रुपमा चयन भएका छन् ।
कनकाई माविको सभा हलमा सम्पन्न प्रतिष्ठानको २८ औं साधारणसभाबाट यस अघि प्रतिष्ठानको सचिवको जिम्मेवारीमा रहेका सुवेदी यस पटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नेपाली भाषा , साहित्य ,कला तथा समाजसेवाको क्षेत्रमा योगदान पुु¥याउने उद्येश्यले२०५१सालमा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र बुद्धदेवप्रसाद घिमिरेको सक्रियतामा स्थापना भएको प्रतिष्ठानले निरन्तर रुपमा आफ्नो उद्येश्यअनुसारको गतिविधि संचालन गर्दै आएको बताइएको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा यसअघि सहसचिवको भुमिकामा रहेका डा. पुण्यप्रसाद पौडेल , सचिवमा झापा गाउँपालिकामा रहेको झापा साहित्य समाजका अध्यक्ष साथै यसअघि प्रतिष्ठानको सदस्य रहेका प्रेम ‘प्रभात’ न्यौपाने, सहसचिवमा प्रयागराज काफ्ले, कोषाध्यक्षमा अम्बिका महत उप्रेती सर्वसम्मत चयन भएका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यहरुमा क्रमशः निर्मलकुमार खतिवडा, बिष्णु कोईराला , दिनेश तिम्सिना , योनदेन सुनुवार , तिलोतमा घिमिरे र चुडामणि तिम्सिना सर्वसम्मत चयन भएका छन् ।
साधारणसभाको बन्दसत्रले लिलाप्रसाद उप्रेतीको संयोजकत्वमा दुर्गाप्रसाद चापागाईं र कमलादेवी भण्डारी सुवेदी सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ ।
कार्यसमिति सर्वसम्मत रुपमा चयनकालागि कर्णबहादुर डाँगीको संयोजकत्वमा चन्द्रप्रसाद पोखरेल र ठाकुर रसाइली सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको बताइएको छ । त्यस्तै माईन्युट लेखनको जिम्मेवारीमा तिर्थराज खरेल र दिनेश तिम्सिना रहेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष बुद्धदेवप्रसाद घिमिरे र प्रतिष्ठानलाई नगद एक लाख सहयोग प्रदान गर्ने अधिवक्ता हरिप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियोे । सम्मानित व्यक्तित्वहरुलाई प्रदान गरिएको सम्मान पत्रको ढाँचा कविताकै विभिन्न छन्दमा तयार पारेको बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रयागराज काफ्लेले प्रतिष्ठानको विधान संशोधनको व्यवस्था साथै विधान अद्यावधिक गर्ने प्रस्ताव पेश गरेका थिए । यसका साथै काफ्लेले स्वतन्त्र लेखा परिक्षण प्रतिवेदन समेत सभामा पेश गरेका थिए ।
सभामा सचिव जीवनाथ सुवेदीले प्रतिष्ठानको परिचय सहित भावियोजना सहितको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत सबै प्रतिवेदनमा व्यापक छलफल गरि अनुमोदन समेत गरिएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा कनकाई प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने प्रक्रियामा नगरपालिका रहेको जानकारी गराए । कनकाई प्रतिभा प्रतिष्ठानले भाषा , साहित्य, कला साथै समाजसेवाका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै प्रतिष्ठानलाई नगरले यसअघि पनि सहयोग गर्दै आएको र फेरि पनि आवश्यक सहयोग गर्दै जाने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।
कार्यक्रममा कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , कनकाई नगरपालिका वडा नं. २ र ५ का बडा अध्यक्ष बलराम राई र कृष्ण बहादुर राई, कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकासप्रसाद उप्रेती , झापा साहित्य समाज झापा गाउँपालिकाका उपाध्यक्ष जीवनप्रसाद ढकाल लगायतले सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका आजीवन संरक्षक सदस्य , आजीवन ,सल्लाहकार सदस्य , आजीवन सदस्य साथै साहित्य प्रेमीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्य सहित उपस्थित सबैलाई स्वागत प्रतिष्ठानका सहसचिव डा.पुण्यप्रसाद पौडेलले गरेका थिए । कार्यक्रमको संचालन सचिव जीवनाथ सुवेदीले गरेका थिए ।