Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई प्रतिभा प्रतिष्ठानको अध्यक्षमा सुवेदी
    समाचार

    कनकाई प्रतिभा प्रतिष्ठानको अध्यक्षमा सुवेदी

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १७, आईतवार ०२:३४ गते3 Mins Read

    कनकाई खबर सम्बाददाता (सिएम शर्मा) \ झापाको कनकाईमा क्रियाशिल साहित्यीक स्रष्टाहरुको संस्था कनकाई प्रतिभा प्रतिष्ठानको अध्यक्षमा जीवनाथ सुवेदी सर्वसम्मत रुपमा चयन भएका छन् ।


    कनकाई माविको सभा हलमा सम्पन्न प्रतिष्ठानको २८ औं साधारणसभाबाट यस अघि प्रतिष्ठानको सचिवको जिम्मेवारीमा रहेका सुवेदी यस पटक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नेपाली भाषा , साहित्य ,कला तथा समाजसेवाको क्षेत्रमा योगदान पुु¥याउने उद्येश्यले२०५१सालमा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल र बुद्धदेवप्रसाद घिमिरेको सक्रियतामा स्थापना भएको प्रतिष्ठानले निरन्तर रुपमा आफ्नो उद्येश्यअनुसारको गतिविधि संचालन गर्दै आएको बताइएको छ ।


    प्रतिष्ठानको उपाध्यक्षमा यसअघि सहसचिवको भुमिकामा रहेका डा. पुण्यप्रसाद पौडेल , सचिवमा झापा गाउँपालिकामा रहेको झापा साहित्य समाजका अध्यक्ष साथै यसअघि प्रतिष्ठानको सदस्य रहेका प्रेम ‘प्रभात’ न्यौपाने, सहसचिवमा प्रयागराज काफ्ले, कोषाध्यक्षमा अम्बिका महत उप्रेती सर्वसम्मत चयन भएका छन् । त्यस्तै प्रतिष्ठानको सदस्यहरुमा क्रमशः निर्मलकुमार खतिवडा, बिष्णु कोईराला , दिनेश तिम्सिना , योनदेन सुनुवार , तिलोतमा घिमिरे र चुडामणि तिम्सिना सर्वसम्मत चयन भएका छन् ।

    साधारणसभाको बन्दसत्रले लिलाप्रसाद उप्रेतीको संयोजकत्वमा दुर्गाप्रसाद चापागाईं र कमलादेवी भण्डारी सुवेदी सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ ।
    कार्यसमिति सर्वसम्मत रुपमा चयनकालागि कर्णबहादुर डाँगीको संयोजकत्वमा चन्द्रप्रसाद पोखरेल र ठाकुर रसाइली सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको बताइएको छ । त्यस्तै माईन्युट लेखनको जिम्मेवारीमा तिर्थराज खरेल र दिनेश तिम्सिना रहेका थिए ।


    कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष बुद्धदेवप्रसाद घिमिरे र प्रतिष्ठानलाई नगद एक लाख सहयोग प्रदान गर्ने अधिवक्ता हरिप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियोे । सम्मानित व्यक्तित्वहरुलाई प्रदान गरिएको सम्मान पत्रको ढाँचा कविताकै विभिन्न छन्दमा तयार पारेको बताइएको छ ।
    प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रयागराज काफ्लेले प्रतिष्ठानको विधान संशोधनको व्यवस्था साथै विधान अद्यावधिक गर्ने प्रस्ताव पेश गरेका थिए । यसका साथै काफ्लेले स्वतन्त्र लेखा परिक्षण प्रतिवेदन समेत सभामा पेश गरेका थिए ।

    सभामा सचिव जीवनाथ सुवेदीले प्रतिष्ठानको परिचय सहित भावियोजना सहितको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत सबै प्रतिवेदनमा व्यापक छलफल गरि अनुमोदन समेत गरिएको छ ।
    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरमा कनकाई प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने प्रक्रियामा नगरपालिका रहेको जानकारी गराए । कनकाई प्रतिभा प्रतिष्ठानले भाषा , साहित्य, कला साथै समाजसेवाका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै प्रतिष्ठानलाई नगरले यसअघि पनि सहयोग गर्दै आएको र फेरि पनि आवश्यक सहयोग गर्दै जाने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए ।


    कार्यक्रममा कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , कनकाई नगरपालिका वडा नं. २ र ५ का बडा अध्यक्ष बलराम राई र कृष्ण बहादुर राई, कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकासप्रसाद उप्रेती , झापा साहित्य समाज झापा गाउँपालिकाका उपाध्यक्ष जीवनप्रसाद ढकाल लगायतले सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए ।


    प्रतिष्ठानका आजीवन संरक्षक सदस्य , आजीवन ,सल्लाहकार सदस्य , आजीवन सदस्य साथै साहित्य प्रेमीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्य सहित उपस्थित सबैलाई स्वागत प्रतिष्ठानका सहसचिव डा.पुण्यप्रसाद पौडेलले गरेका थिए । कार्यक्रमको संचालन सचिव जीवनाथ सुवेदीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.