Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पूर्व प्रहरी संगठनबाट पत्रकार निरौलासहित जेष्ठ सदस्य सम्मानित
    समाचार

    पूर्व प्रहरी संगठनबाट पत्रकार निरौलासहित जेष्ठ सदस्य सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १६, शनिबार ०२:४२ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।

    सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशनसहितको साधारण सभामा स्थानीय पत्रकार रामप्रसाद निरौलासहित पूर्व प्रहरी संगठन कनकाईका जेष्ठ सदस्यद्वय ८३ वर्षीय अग्नीप्रसाद नेपाल र ७२ वर्षीय दलबहादुर नेपाली सम्मानित भएका हुन । पत्रकारीताको माध्यमबाट समाजको चौतर्फी विकासमा निस्वार्थ ढङ्गले कलम चलाउँदै समाज रुपान्तरणकालागि खेलेको महत्वपूर्ण भूमिकाको उच्च मुल्याङन गर्दै कनकाई—७ निवासी पत्रकार निरौलालाई सम्मान गरेको बताइएको छ । जनसंसद दैनिक, कञ्चनजंघा एफएम, सुर्योदय टेलिभिजन र राष्ट्रिय समाचार समिति(रासस) लगायतका संचार माध्यममा समेत काम गरेको अनुभव प्राप्त पत्रकार निरौला कनकाई खबर डटकम अनलाइन साथै कनकाई खबर साप्ताहिक पत्रिकाको सम्पादक तथा प्रकाशक हुन् । कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, विशिष्ट अतिथी प्रहरी नायव उपरिक्षक रुगनबहादुर कुवँर साथै संगठनका नगर अध्यक्ष हरिप्रसाद सेडाई लगायतले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरेको संगठनका सचिव अम्बरवहादुर लिम्वूले जानकारी दिए ।


    साधारण सभाको बन्द सत्रले नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिको अध्यक्षमा पुनः हरिप्रसाद सेडाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको तेस्रो अधिवेशनसहितको साधारण सभावाट सेडाईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षमा निरवहादुर थापा, सचिवमा अम्बरवहादुर लिम्वू, सहसचिवमा ज्ञानेन्द्रप्रसाद शिवाकोटी, कोषाध्यक्षमा दुर्गावहादुर पौडेल र सहकोषाध्यक्षमा भगिरथ पाठक सर्वसम्मत चयन भएका छन्। त्यस्तै सदस्यहरुमा क्रमशः पर्शुराम चौधरी, भिमबहादुर दहाल, लिलावहादुर भण्डारी, रमेश शिवाकोटी र मनकुमारी त्रिखत्री चयन भएका छन् ।


    आगामी दिनमा संगठनलाई सामाजिक क्षेत्रमा समेत सक्रिय गराएर अघि बढाउँने उद्येश्यका साथ पूर्व प्रहरी पदमप्रसाद मैनालीको संयोजकत्वमा एक सल्लाहकार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा सुर्यकुमार प्रसाईँ साथै सदस्यमा सुरेन्द्र वि.क. र अग्नीप्रसाद नेपाल रहेका छन् ।


    लामो इतिहास बोकेका राष्ट्रसेवक पूर्व प्रहरीहरु संगठित बनेर कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा समेत सक्रिय रहने योजनाका साथ नगर क्षेत्रका पूर्व प्रहरीहरु संगठन विस्तारमा लागेको नवनिर्वाचित अध्यक्ष हरिप्रसाद सेडाईले वताएका छन् । संगठनका तर्फबाट भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सेडाईले पूर्व प्रहरीहरुको अनुशासित जनसक्तिलाई तीनवटै तहका सरकारले सहकार्य गरेर अघि बढ्न सकेमा मुलुकलाई नै फाइदा हुने बताए ।

    कनकाई नगर क्षेत्रमा ६० भन्दा बढीको संख्यामा रहेका पूर्व प्रहरीहरुको संगठनलाई व्यवस्थित गर्दै नियमित रुपमा बैठक बस्नकालागि समेत समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्थानीय सरकारले संगठनको आफ्नै कार्यालय व्यवस्थापनमा पहल गरिदिन अध्यक्ष सेडाईले अनुरोध गरेका छन् । पूर्व प्रहरीमाथि सरकारले विभेद गर्न नहुने भन्दै सेवा निवृत्त भएपछि नियमअनुसार पाउँने सेवा सुविधा साथै जेष्ठ नागरिकका रुपमा पाउँने सामाजिक सुरक्षा भत्ताबाट पनि पूर्व प्रहरीहरुलाई बन्चीत गर्न नहुने बताइएको छ । संगठनले कनकाई नगर क्षेत्रमा लागुऔषध साथै दुव्र्यसनीको न्युनिकरण, बजार सरसफाई, कोरोनाको समयमा स्वास्थ्य सामाग्री वितरण लगायत विभिन्न सचेतनामूलक सामाजिक गतिविधी संचालन गर्दै आएको बताइएको छ ।

    ईलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक रुगनवहादुर कुँवर, संगठनका जिल्ला अध्यक्ष खेमराज कार्की, झापाका सल्लाहकार समिति सहसंयोजक मदनगोपाल सुब्बा, पूर्व प्रहरी शम्भु ढकाल,सुरुङ्गा बजार व्यवस्थापन समितिका अध्यक्ष मनोहरी बिमली लगायतले देशमा शान्तीसुरक्षा कायम राख्ने जिम्मेवारीका साथ लामो समय सम्म राष्ट्र सेवामा क्रियाशिल रहेर अनुभव प्राप्त दक्ष जनशक्तिलाई सरकारले प्रयोग गर्नु पर्नेमा जोड दिए ।सेवा निवृत्त जनशक्तिसँग समाज रुपान्तरणमा स्थानीय सरकारले सहकार्य गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।


    कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले समाजमा शान्ती सुरक्षा कायम राख्दै मुलुकको समृद्धिकालागि पूर्व प्रहरीहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । कनकाई नगरीलाई लागु औषध साथै दुव्र्यसनबाट मुक्त राख्न पूर्व प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने नगर प्रमुख पोखरेलले जनाएका छन् । साथै सेवा निवृत्त पूर्व प्रहरीले पाउँने थप सामाजिक सुरक्षा भत्ताका सवालमा स्थानीय सरकारले केन्द्रबाट आएको विधि अनुसार चल्नु पर्ने भएकाले त्यसभन्दा बढी केही पनि गर्न नसक्ने नगर प्रमुख पोखरेलले प्रष्ट पारे । यदि संगठनले केन्द्र सरकार समक्ष सिफारीसकालागि अनुरोध गर्छ भने स्थानीय सरकारका तर्फबाट त्यसकालागि पछि नहट्ने नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाए । संगठनको कार्यालय व्यवस्थापनकालागि स्थानीय सरकार गम्भिर भएको भन्दै नगर प्रमुख पोखरेलले केही समयकालागि धैर्य गर्न अनुरोध गरे ।


    नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिका अध्यक्ष हरिप्रसाद सेडाईको सभापतित्व रहेको कार्यक्रममा सदस्य कृष्ण चुडालले स्वागत गरेका थिए । कार्यक्रमको संचालन सचिव अमर सुव्वाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.