Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटन प्रवर्धनकालागि झापामा साइकल यात्रा
    समाचार

    पर्यटन प्रवर्धनकालागि झापामा साइकल यात्रा

    ramBy ram२०७६ जेष्ठ २०, सोमबार १७:२७ गते2 Mins Read

    कनकाई खबर \ विश्व साइकल दिवसको अवसर पारेर धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै यसको प्रचार प्रसार गर्ने उद्येश्यले झापामा सोमवारदेखी साइकल यात्राको प्रारम्भ गरिएको छ ।

       “स्वास्थ्यकोलागि साइकल” भन्ने नाराका साथ आन्तरिक तथा वाह्य पर्यटनको पहिचान गर्दै पर्यटन वर्ष २०२० लाई सफल वर्षको रुपमा स्थापीत गर्नकालागि समेत साइकल यात्राको प्रारम्भ गरिएको अभियानका संचार संयोजक पत्रकार मुक्ति पौडेलले वताएका छन् । नेपालको पुर्वी सिमाक्षेत्र मेची नगरको काकरभिट्टास्थित नेपाल प्रवेश द्वारवाट पत्रकार पौडेल सहित काकरभिट्टा भ्याट्रन क्लवका संस्थापक अध्यक्ष एवम् व्यवसायी अर्जुन सुव्वा, पुर्व राष्ट्रिय क्रिकेटर महेन्द्र श्रेष्ठ, यातायात व्यवसायी मणि गिरी, व्यवसायी चन्द्र ढुङ्गेल र भेट्रन खेलाडी अन्जन खतिवडाले साइकल यात्रा प्रारम्भ गरेका हुन् । पत्रकार पौडेल यस अघि २०६० सालमा मेची महाकाली साइकल यात्रा गर्ने नेपालकै पहिलो पत्रकार भएको वताइएको छ ।

        मानव शरिरलाई स्वस्थ राख्न र वातावरणमा समेत शुद्धता ल्याउँनकालागि झापाका १५ वटै स्थानीय तहमा साइक्लिङ् गर्दै सचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना रहेको अभियान टोलीका सदस्य अर्जुन सुव्वाले वताएका छन् । विश्व साइकल दिवसको अवसर पारेर निरन्तर रुपमा संचालन गर्ने संचारकर्मी सहितको यस अभियानवाट झापाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुनुका साथै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको अभियानका सदस्य सुव्वाले वताए ।

       अभियान टोलीलाई झापाको स्थानीय तहका तर्फवाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले स्वागत गरेका थिए । बन्द निषेधित क्षेत्र झापाको सुरुङ्गामा अभियान टोलीलाई स्वागत गर्दै कनकाई नगरका प्रमुख पोखरेलले विषादीको अत्यधिक प्रयोगका कारण दिनप्रतिदिन अस्वस्थ बन्दै गएको मानव समुदायले हरेक दिनको आफ्नो छोटो यात्रामा साइकलको प्रयोग गरेर अभियानलाई सफल बनाउँन अनुरोध गरेका छन् ।

        विकसित मुलुकमा साइकललाई राम्रो यातायातको साधनका रुपमा प्रयोग गर्ने गरेको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले नेपालमा साइकल प्रयोग कर्ताका विषयमा मानिसको बुझाई कमजोर भएको वताएका छन् । समुदायमा रहेको यो कमजोरीलाई चिर्दै स्वस्थ समाजको निर्माणकालागि साइकल दिवसको अवसर पारेर संचारकर्मी, व्यवसायी, खेलाडी सहितको टोलीले संचालन गरेको अभियानमा स्थानीय सरकारको तर्फवाट सक्दो सहयोग गर्ने कनकाई नगरपालिकाका प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।
    नेपालको पुर्वी सिमा क्षेत्र मेचीनगरको काकरभिट्टावाट प्रारम्भ भएको साइकल यात्राको पहिलो दिन सोमवार झापाको कनकाई र शिवसताक्षी नगरका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिएको टोलीका संचार संयोजक पौडेलले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.