Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीमा नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
    शिक्षा

    शिवसताक्षीमा नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १४, बिहीबार १६:०५ गते3 Mins Read

    शिवसताक्षी \ शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।


    भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको छ । त्यस्तै प्रतियोगितामा शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो स्थान प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।


    विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले नगद सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । प्रथम हुने विद्यार्थीहरुले जनही ३५ सय, दोस्रोले ३ हजार, तेस्रो २५ सय र सान्तवना पुरस्कार हासिल गर्ने सहभागीले १ हजार जनही प्राप्त गरेको नगर शिक्षा शाखाले जनाएको छ । त्यस्तै प्रतियोगिताको प्रारम्भिक चरण पार गर्ने चार समूहलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । प्रारम्भिक चरणमा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु पनि समेटेर प्रश्न निर्माण गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छविलाल ढकालले बताए । प्रतियोगिता ४ ओटा राउण्डमा सम्पन्न गरिएको थियो ।


    प्रथम राउण्डको दोस्रो चरणमा ६४ ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख ढकालले जानकारी दिए । जसको अंक भार १÷१ कायम गरिएको थियो । र्यापिट फायर राउण्डमा १०÷१० ओटा प्रश्न १ मिनेट भित्रमा उत्तर दिने गरी सोधिएको थियो । फोटो राउण्डमा ५÷५ ओटा फोटाहरु समावेश गरी नाम सोधिएको थियो । गलत अंक दिएमा १ अंक कट्टा गरिने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख ढकालले बताए । अडियो राउण्डमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त व्यक्तिहरुको आवाज सुनाइएको थियो । जसको १ मिनेट भित्रमा उत्तर दिनु पर्ने थियो भने गलत उत्तर दिए १.५ नम्बर कट्टा गरिएको थियो ।


    हाजिरी जवाफ प्रतियोगिताको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा बोल्दै प्रमुख थोप्राले शिवसताक्षीमा रहेका सामुदायिक विद्यालयहरुको पछिल्लो समय भौतिक अवस्था र शिक्षाको गुणस्तरमा बृद्धि हुँदै गएको बताए । उनले शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । नगर शिक्षा शाखाले अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता गराएर विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकासका लागि काम गरेको उनको भनाई थियो ।


    हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षीका सामुदायिक तथा संस्थागत गरी १९ ओटा माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका थिए । यही पौष २२ गते जिल्ला समन्वय समिति झापाले आयोजना गरेको जिल्ला स्तरीय अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगितामा लक्षित नगर शिक्षाले पनि विद्यार्थी लक्षित कार्यक्रम गरेको जनाएको छ। जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी नगरबाट प्रतियोगितामा छनौट भएका विद्यार्थीहरुलाई सहभागी गराउने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


    प्रतियोगिताको निर्णायक मण्डलमा शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना पराजुली, शिक्षा शाखाका प्राविधिक सहायक मिलन विष्ट रहेका थिए ।
    नगर शिक्षाले विभिन्न समयमा विद्यार्थी लक्षित कार्यक्रमहरु गर्दै आएको जनाएको छ । भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश दाहालको अध्यक्षतामा भएको हाजिरी जवाफ प्रतियोगिता शिक्षा शाखा प्रमुख छविलाल ढकालले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.