Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दोमुखा साकोसले कर्मचारीसहित ८ जनालाई गर्यो सम्मान
    आर्थिक

    दोमुखा साकोसले कर्मचारीसहित ८ जनालाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १३, बुधबार १७:०६ गते2 Mins Read

    कनकाई खबर \ झापा क्षेत्र नं.४(२) का प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौलाले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई उद्यमशिल बनाउँदै आत्म निर्भर बन्न प्रेरित गर्नु पर्ने तर्फ जोड दिएका छन् ।

    कनकाई–३स्थित सुरुङ्गामा रहेको दोमुखा बहुउद्येश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभाको अवसरमा प्रदेस सभा सदस्य सिटौलाले देशमा भएको आर्थिक मन्दिका कारण वित्तिय संस्थाहरुबाट कृषकले लिएको कर्जा तिर्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै हरेक वित्तिय संस्थाहरुले आफ्ना सदस्यलाई उद्यमशिल बन्ने वातावरण बनाउँन अनुरोध गरेका हुन् ।


    साधारण सभाकै अवसरमा संस्थाले २ जना कर्मचारीसहित ८ जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा संस्थाका जेष्ठ सदस्यका रुपमा पुरुष तर्फ देवीप्रसाद कडरिया र महिला तर्फ भवानी दाहाल रहेका छन् । संस्थाको उत्कृष्ट बचत कर्ताका रुपमा सन्तोश थपलिया र देविमाया तिम्सिना, त्यस्तै उत्कृष्ट ऋणीका रुपमा इन्द्रविलास गौतम र कृष्णकुमारी आचार्य रहेका छन् । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा सन्ध्या श्रेष्ठ(लेखापाल) र बजार प्रतिनिधि राधिका कार्की चुडाललाई सम्मान गरिएको छ ।

    सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी एवं झापा क्षेत्र नं.४(२) का प्रदेश सभा सदस्य सिटौला, झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनाल सुवेदी, दोमुखा सहकारीका अध्यक्ष भरतकुमार थपलिया लगायतले दोसल्ला ओढाएर नगदसहित सम्मान पत्रका साथ सम्मान गरेका थिए । कनकाई उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका प्रदेश सभा सदस्य सिटौलाले सहकारीले अझैपनि जनताको सारथी बन्न नसकेको र संस्थागत रुपमै गरिवमाथि शोषण गरिरहेको बताए । गरिबी निवारणका लगि आफ्नो तर्फबाट निति निर्माण र सहुलियतका लागि आफु लागिपर्ने समेत सिटौलाले बताए ।


    कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार थपलियाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आफ्ना शेयर सदस्यहरुलाई बिरामी पर्दा विभिन्न अस्पतालसँग समन्वय गरि औषधि उपचारको प्रबन्ध मिलाउने लगायतका प्रगति प्रतिवेदन प्रस्तुत गरे । साथै संस्थाको शेयर सदस्य सङख्या हाल २ हजार ९१६ रहेकोमा यस आर्थिक बर्षमा ३ हजार ५ सय बनाइने समेत घोषणा गरे ।


    कार्यक्रमको संचालन सचिव छवि थपलियाले गरेका थिए भने स्वागत उपाध्यक्ष रोमादेवि खतिवडाले गरेकी थिइन् । कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लागाई, कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडयाल, भीमसेन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.