Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वनले गर्यो २१ औं टोल प्रतिनिधि भेला
    समाचार

    कनकाई सामुदायिक वनले गर्यो २१ औं टोल प्रतिनिधि भेला

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १०, आईतवार ०१:४२ गते2 Mins Read

    कनकाई खबर \ तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको २१औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ ।

    सामुदायिक वनको सभा हलमा वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता एवं कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
    वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ओलीले वन संरक्षण समिति लगायत ९औं कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौं कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


    त्यस्तै ओलीले आर्थिक बर्ष २०७८÷२०७९ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट संचालन गरिने निति तथा कार्यक्रमका साथै चालु आर्थिक बर्ष २०७९÷०८० मा विभिन्न शिर्षकबाट आम्दानी र खर्च समेतको अनुमानित आय व्यय १ करोड ८९ हजार २ सय ३७ रुपैयाँ रहेको प्रतिवेदन भेलामा अध्यक्षले प्रस्तुत गरे ।


    त्यसैगरी बन समुहका कोषाध्यक्ष तथा बजेट एवं कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्ममा समुहलाई १० लाख १२ हजार ७ सय ८५ रुपैयाँ दायित्व रहेको लेखा परिक्षण प्रतिवेदन भेलामा प्रस्तुत गरे । त्यस्तै खरेलले समुहको २०७९ \०८० को अनुमानित आम्दानी तथा खर्चको बार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन समेत भेलामा पेस गरे ।


    कार्यक्रममा प्रमुख अतिथि कनकाई वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईं , विशेष अतिथि कनकाई वडा नं.२ का वडा अध्यक्ष बलराम राई, सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल,अतिथिहरु हरिभक्त सिटौला, नारायण ओली , भीष्म मैनाली, गोविन्द पौडेल, सुर्य उप्रेती लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राखेका थिए ।


    कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थियो । छलफलपछि दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ । बन्दसत्रमा माइन्युट लेखनको जिम्मेवारी समुहका कार्यालय सचिव नेत्रप्रसाद भट्टराई र सल्लाहकार भीष्म मैनालीले सम्हालेका थिए भने सल्लाहकारद्वय हरिभक्त सिटौला र गोविन्द पौडेलले प्रमाणीकरण गरेका थिए । प्रतिवेदनमा भेलाले दिएको सल्लाह सुझावलाई समेत समेट्दै समुहको आगामी बार्षिक साधारण सभामा अनुमोदनकालागी पेस गरिने र साधारण सभा कार्यसमितिको बैठक बसी पौष महिना भीत्रैमा गर्नेगरी मिति तय गरिने अध्यक्ष ओलीले जानकारी दिए ।


    कार्यक्रममा उपस्थित अतिथी साथै सम्पूर्ण वन समुहमा आवद्ध प्रतिनिधिहरुलाई स्वागत वन समुहका सहसचिव केशव संग्रौलाले गरेका थिए भने संचालन समुहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.