Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भेट्रान कपको उद्घाटन खेलमा आयोजक विजयी
    खेलकुद

    कनकाई भेट्रान कपको उद्घाटन खेलमा आयोजक विजयी

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ९, शनिबार १६:४३ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा शनिबार बाट सुरु भएको दोस्रो प्रदेश स्तरिय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई भेट्रान फुटबल क्लब विजयी बनेको छ ।

    आयोजक कनकाई भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लब बिच शनिबार भएको खेलमा बिर्तामोड लाई ४– ० ले पराजित गर्दै आयोजक कनकाई विजयी भएको हो । कनकाईको जितकालागी खेल सुरु भएको चौथो मिनेटमै जर्सी नं. ४ का खेलाडी मिलन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको लगतै खेलको छैटौ मिनटमा कनकाईका जर्सि नं. ७ का खेलाडी सुजित राईले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । लगातार छोटो समयान्तरमा दुई गोल गरेपछि रोमान्चक बनेको खेलको दशौं मिनटमा पुनः जर्सि नं. ७ कै खेलाडी सुजित राईले अर्को गोल गर्दै टिमलाई ३ – ० को अग्रता दिलाएका थिए । खेलको दोस्रो हाप सुरु भएको पहिलो मिनेटमै पुनं. जर्सि नं. ७ का खेलाडी सुजित राईले गोल गरी आफुले ह्याट्रिक गर्दै टिमलाई ४ – ० को अग्रता दिलाए ।


    अन्ततः बिर्तामोडले समयावधि भर गोल पोष्ट नजिक पटक पटक गोल पुर्याएता पनि कुनै गोल गर्न नसकेपछि आयोजक कनकाई ४ – ० गोल अन्तरले विजयी बन्दै सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा म्यान अफ द म्याच बिजेता टिमका ह्याट्रिक कर्ता सुजित राई घोषित भए उनलाई आयोजक क्लबका अध्यक्ष श्याम राईले म्यान अफ द म्याचको पुरस्कार हस्तान्तरण गरे ।


    कनकाई नगरपालिकाका प्रमुख तथा उद्घाटन समारोहका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिएको कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु ,सामज सेवी , उद्योग व्यवसायी , क्लबका सल्लाहकार साथै खेलमा सहयोगी दाताहरुको आतिथ्यता रहेको थियो ।


    पहिलो पुरस्कारको राशि १ लाख १ हजार र दोस्रो पुरस्कारको राशि ६१ हजार, मेडल , ट्रफी र प्रमाण पत्र रहेको प्रतियोगितामा आयोजक टिम कनकाई भेट्रान क्लब सहित बिर्तामोड भेट्रान क्लब , दमक भेट्रान क्लब , दुधे भेट्रान क्लब , युनाइटेड भेट्रान क्लब बिराटनगर , उर्लाबारी भेट्रान क्लब , धरान भेट्रान क्लब , र चन्द्रगडी भेट्रान क्लब गरि ८ टिमको सहभागिता रहेको छ ।

    पौष १६ गते सम्पन्न हुने प्रतियोगितामा आईतबारको खेल युनाईटेड भेट्रान क्लब बिराटनगर र उर्लाबारी भेट्रान क्लब बिच हुने आयोजकले जानकारी गराएको छ । कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राईको अध्यक्षतामा भएको समुद्घाटन मारोहको संचालन कनकाई खेलकुद प्रतिष्ठाका अध्यक्ष छवि थपलियाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.