Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडी स्थित हर्क राई स्मृति कपको उपाधि चुम्यो जलथलले
    खेलकुद

    जामुनखाडी स्थित हर्क राई स्मृति कपको उपाधि चुम्यो जलथलले

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ९, शनिबार १४:४९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई स्थित पुर्वकै लोकप्रीय पर्यटकीय क्षेत्र निर्माणाधिन जामुनखाडी प्राकृतिक रंगशालामा संचालन भएको हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जलथल एफसिले चुमेको छ ।


    शनिवार सम्पन्न फाईनल खेलमा उपाधिका लागि एपिएफ पकली र जलथल एफसि विच प्रतिष्पर्धा भएको हो । निर्धारित समय अवधि सम्ममा दुबैंतर्फबाट दोस्रो हाफमा १ ÷ १ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय ट्राईब्रेकरबाट भएको थियो । ट्राईब्रेकरमा जलथलले ५ र एपीएफ पकलीले ४ गोल मात्र गर्न सफल भएपछि जलथल एफसीले उपाधि चुमेको हो ।


    उपाधि विजेताले नगद रु १ लाख ११ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विजेतालाई प्रथम पुरस्कार हस्तान्तरण गरे भने उपविजेता एपीएफलाई राई परिवारका सदस्य दिलिप राईबाट नगद रु. ५५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हस्तान्तरण गरियो ।


    खेलको म्यान अफ दि म्याच साथैं प्लेयर अफ दि टुर्नामेण्टको उपाधि क्रमशः जलथलका गोलकिपर समिर लिम्बू र हर्क लिम्बूले प्राप्त गरे । स्वर्गीय हर्क राईकी श्रीमतिले दुवैजना खेलाडीलाई नगद , ट्रफी र प्रमाण पत्र प्रदान गरिन् । यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार एफिएफ पकलीका जर्सी नम्बर—४ का अरविन्द चौधरीले नगद रु. ११ हजार १ सय ११ प्राप्त गर्न सफल भए । कार्यक्रमका अवसरमा खेललाई विभिन्न विधामा सहयोग पुर्याउने संघसंस्था र व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गरेको कनकाई—२ का वडाअध्यक्ष बलराम राईले जानकारी दिए ।


    गत पौंष २ गते उद्घाटन भएको खेलमा झापा,मोरङ् र सुनसरीका लोकप्रिय ८ वटा टिमको प्रतिष्पर्धा रहेको बताइएको छ । निरन्तर खेलकुद आयोजना गरि थप पर्यटक भित्र्याउनु रंगशाला निर्माणको मुख्य उद्येश्य रहेको आयोजक जामुनबारी सामुदायिक बन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौंलाले बताए ।


    जामुनखाडी पूर्वकैं फेवाताल जस्तैं उपमा पाएको पर्यटकीय क्षेत्र भएकाले यस प्रस्तावित रंगशाला र यसमा सञ्चालन भएको खेलले पर्यटकहरुलाई थप आकर्षण थपेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । पर्यटकीय क्षेत्र जामुनखाडीमा प्राकृतिक खेल मैदानले नौलो आयाम थपेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख पोखरेलले यसको सर्वाङ्गीण विकासका लागि कनकाई नगरपालिकाले समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
    सबैको साथ सहयोग , एकता र हातेमालोका कारण प्रदेश स्तरीय फुटबल प्रतियोगीता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै खेल संयोजक एवं जामुनखाडी स्पोर्टिङ क्लबका अध्यक्ष गणेश गिरीले सबैलाई धन्यवाद प्रकट गरे । औपचारिक कार्यक्रममा सहभागीहरुलाई जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौलाले शब्दद्वारा स्वागत गरेका थिए । कार्यक्रमको संचालन क्लवका सदस्य विनोद रानाले गरेका थिए भने खेलको टिम व्यवस्थापन शुलभ भण्डारीले गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.