Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » देशकै उत्कृष्ट सहारा साकोसको शेयर पुँजी १ अर्ब ६३ करोड १६ लाख
    आर्थिक

    देशकै उत्कृष्ट सहारा साकोसको शेयर पुँजी १ अर्ब ६३ करोड १६ लाख

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ९, शनिबार ०१:२२ गते3 Mins Read

    कनकाई खबर \ देशकै उत्कृष्ट सहकारीका रुपमा स्थापित झापाको बिर्तामोड–२ स्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ६३ करोड१६ लाख शेयर पुँजी बनाउँन सफल भएको छ ।


    संस्थाको २६ औं साधारण सभाको अवसरमा तयार पारिएको प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले २०७९ को असार मसान्त सम्मको वित्तिय अवस्थाका बारेमा जानकारी गराउँदै सहारा साकोस देशकै उत्कृष्ट सहकारी संस्था भएको दाबी गरे । संस्थाको सदस्य,पुँजी तथा सदस्य संरक्षण, समुदायप्रतिको चासो लगायत सम्पुर्ण हिसाबले यस वर्ष मुलुकभरीकै पहिलो र उत्कृष्ट संस्थाको रुपमा सहारा साकोस स्थापित भएको कार्यकारी प्रमुख गिरीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

    विश्व वजारमा परेको आर्थिक मन्दी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तरलता अभाव भैरहेको जटिल परिस्थितीमा पनि संस्थाले सहज रुपमा ऋण लगानी र सदस्यहरुको बचतको पुर्ण सुरक्षा प्रदान गर्दै आएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।


    हाल सम्म ७९ वटा सेवा केन्द्रमा १ लाख ५९ हजार ७७८शेयर सदस्य भएको सहारा साकोसले आफ्नो वित्तिय अवस्थालाई अझ मजबुत बनाउँने योजना अनुरुप मिसन २०८८ सम्मको रणनितिक योजना निर्माण गर्दै १ खर्बको वासलात बनाउँने लक्ष्य तय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । संस्थाको जगेडा कोष १ अर्ब ११ करोड ११ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत ९ अर्ब २५ करोड ३६ लाख रुपैयाँको रहेको बताइएको छ ।
    त्यस्तै लगानीमा रहिरहेको ऋण १३ अर्ब, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्ब ७२ करोड रहेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको संस्थाको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रेस विज्ञप्ती सार्वजनिक गर्दै संस्थाका कार्यकारी प्रमुख गिरीले ०७९ असार मसान्तसम्ममा संस्थाको वासलात १५ अर्ब ३८ करोड पुगेको बताए । संस्थाले आर्थिक वर्ष २०७८ \ ०७९ मा ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको जानकारी दिँदै कार्यकारी प्रमुख गिरीले यसबाट सदस्यलाई लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट ३० करोड १५ लाख वितरण गर्ने योजना रहेको बताए ।


    संस्थाले विगतका सदस्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिँदै केही नयाँ थप कार्यक्रमहरु संचालन गर्ने योजना बनाएको छ । जस अन्तर्गत विश्वस्तरमा संजाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यवसाय सञ्चालन र अति विपन्न गरिबलाई माथि ल्याउन पहल जस्ता कार्यक्रम प्रस्ताव गरेको जनाइएको छ ।


    संस्थाले यस वर्ष आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबुत बनाउने हिसाबले कार्यक्रम अघि सारेको छ । त्यसरी नै संस्थाले प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै एटिएम, ट्याबलेट, मोबाइल एप्स सेवा, क्युआर कोड र एसएमएस बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको जनाइएको छ । हाल सम्म अन्य ६ वटा सहकारी संस्था एकीकरण भइसकेको सहारा साकोसले संस्थालाई अझै बलियो बनाउन यस वर्ष पनि एकीकरण प्रक्रियालाई निरन्तरता दिइने बताइएको छ । एकीकरण प्रक्रियाकालागि धेरै संस्थाहरु सम्पर्कमा आएको भए पनि हाल ५ वटा सहकारी संस्था एकीकरणको तयारीमा रहेको सहारा साकोसका कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
    संस्थाले चालु आर्थिक वर्षभित्र ८९ सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ अर्बको वासलात बनाउँदै ६२ करोड नाफा कमाउने प्रक्षेपण गरेको जनाइएको छ ।


    संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संचालकसहित सहारा शिक्षा सदनका२६जना विद्यार्थीहरुबाट प्रतिवेदन सार्वजनिक गरिएको हो । महिला उपाध्यक्ष पवित्रा सुब्बाले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.