Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा खानेपानीमा संयुक्त लोकतान्त्रीक प्यानल नै विजयी
    समाचार

    सुरुङ्गा खानेपानीमा संयुक्त लोकतान्त्रीक प्यानल नै विजयी

    ramBy ram२०७६ जेष्ठ १७, शुक्रबार १३:१४ गते3 Mins Read

    कनकाई खबर डेक्स  \ सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विहिवार सम्पन्न कार्यसमितिको निर्वाचनवाट भीमप्रसाद अधिकारीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रीक प्यानल नै विजयी बनेको छ ।

    अध्यक्षमा निर्वाचित भएका साविक सुरुङ्गा गाविसका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले १ सय ७९ मतको अन्तरले आफ्ना प्रत्यासीका रुपमा संयुक्त प्यानलको नेतृत्व गरेका खानेपानीका संस्थापक अध्यक्ष प्रेमप्रसाद दहाललाई पछि पार्दै विजयी बनेका हुन् । अधिकारीले १२ सय ६१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी दहालले १ हजार ८२ मत प्राप्त गर्न सफल भएका छन् ।
    कार्यसमितिको उपाध्यक्षमा लोकतान्त्रीक प्यानलकै युवराज संग्रौलाले १२ सय ८६ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासी यमनाथ सेड्यार्इँले १ हजार २२ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा मीनकुमार प्रधानले १२ सय ९२ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासीका रुपमा रहेका टिकाप्रसाद पाठकले १ हजार ५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा रामवहादुर न्यौपानेले १२ सय ५ मत प्राप्त गरी विजयी बनेका छन् भने प्रत्यासी सुरेशकुमार गुरुङ्ले १ हजार ७६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक टिकाकुमार पोखरेलले वताएका छन् ।

    सदस्यमा लोकतान्त्रीक प्यानलकै भरतकुमार श्रेष्ठले १२ सय ९८ मत, बलराम अधिकारीले ११ सय ८२ मत, सुर्य गुरुङ्ले १२ सय ४८ मत, अम्बिका चापागाई सुवेदीले १२ सय २३ मत र धनमाया चिमरीयाले अत्यधिक मत १३ सय ८० मत प्राप्त गरी विजेता बनेको वताइएको छ ।

     

     प्रत्यासीका रुपमा रहेका संयुक्त प्यानलका सदस्यहरुमा राजेन्द्र उप्रेतीले ११ सय ५२ मत, रमेश हुमगाईँले १ हजार ३२ मत, भीष्म मैनालीले ११ सय १२ मत, कल्पना ढकालले १ हजार ४९ मत र चीत्राकुमारी श्रेष्ठले ९ सय ४१ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य दुर्गा प्रसाईँले बताएका छन् ।

       संयुक्त लोकतान्त्रीक प्यानलको नेतृत्व गरेका साझा विवेकशिल पार्टीका नेता भीमप्रसाद अधिकारीसहित नेपाली कांग्रेस, राप्रपा नेपाल र संघीय समाजवादी पार्टीको सहकार्यमा चुनावी मैदानमा रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी र राप्रपाको एक समूहको सहकार्यमा संयुक्त प्यानल निर्माण गरी दुईवटा प्यानल विच चुनावी प्रतिष्पर्धा भएको हो ।

       कुल २८ सय २५ मतदाता संख्या रहेको संस्थामा २४ सय ३९ मत खसेको थियो भने पदाधिकारी तर्फ २६ मत र सदस्य तर्फ ४९ मत बदर भएको निर्वाचन समितिका सदस्य गंगाप्रसाद ढुङ्गेलले वताएका छन् ।

       सुरुङ्गा खानेपानीका नवनिर्वाचित अध्यक्ष अधिकारी २०४३ सालमा गाउँपञ्चायतको निर्वाचनमा तत्कालिन सुरुङ्गा गाउँपञ्चायतको वडा नं.४ वाट जनपक्षीय उम्मेद्वारका रुपमा वडाअध्यक्षमा निर्वाचित भइ सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका हुन् । त्यसपछि देशमा बहुदल आएपछि २०४९ देखी २०५९ साल सम्म लगातार दुई पटक तत्कालिन सुरुङ्गा गाविसको अध्यक्षको सफल जिम्मेवारी पूरा गरिसकेका अधिकारी गत स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा कनकाई नगरको प्रमुखको उम्मेद्वार बनेर तेस्रो शक्तिका रुपमा स्थापीत बनेका थिए ।
    सुरुङ्गा खानेपानीको अध्यक्षमा निर्वाचितभएसँगै मतदातालाई संक्षिप्त रुपमा संवोधन गर्दै नवनिर्वाचित अध्यक्ष अधिकारीले सवै मतदाता खानेपानीका उपभोक्ता भएकाले यहाँ हार कसैको पनि नभएको वताएका छन् । आगामी दिनमा सवैसँग सहकार्य गर्दै एकताका साथ सुरुङ्गा खानेपानीको विकासकालागि निस्वार्थका साथ अघि बढ्दै मुलुककै नमुना खानेपानीका रुपमा व्यवस्थित गर्न क्रियाशिल रहने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.