Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संसदीय दलमा गगनको दाबीलाई स्थापित गराएका विश्वप्रकाश
    आमनिर्वाचन

    संसदीय दलमा गगनको दाबीलाई स्थापित गराएका विश्वप्रकाश

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ६, बुधबार ०१:०८ गते3 Mins Read

    काठमाडौं \ ६ महिनाअघि (४ असारमा) प्रशारण भएको एक टेलिभिजन कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलमा ‘एटेम्ट’ गर्ने पहिलो घोषणा गरे ।

    ‘के तपाईं आफूलाई प्रधानमन्त्री पदका लागि योग्य छु भन्ने सोच्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा थापाले संसदीय दलमा आफ्नो दाबी रहने बताएका थिए । थापासँगै निम्त्याइएकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पनि उही प्रश्न सोधिएको थियो । तर उनले स्पष्ट जवाफ दिइनन् । बरु गगनले फेरि अघि बढेर भने, ‘कहाँ सोच्ने हो ? एटेम्प्ट गर्ने हो ।’ यो त्यसबेलाको कुरा हो, जतिबेलासम्म सरकारले चुनावको मिति समेत घोषणा गरिसकेको थिएन ।

    तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनले संसदीय दलमा प्रतिष्पर्धा गर्छु भन्दा आफूले समर्थन गर्ने उद्घोष गरे । त्यसयता उनी निरन्तर गगनको पक्षमा बोलिरहे । विद्यार्थी राजनीतिमा गगनभन्दा विश्वप्रकाश सिनियर हुन् । उनी नेपाल विद्यार्थी संघको सभापति हुँदा गगन थापा उपसभापति थिए । तर पार्टी र संसदीय राजनीतिमा गगन अगाडि रहे । पहिलो संविधानसभामा समानुपातिक सांसद भएका गगनले त्यसयता निरन्तर चुनाव जिते, पार्टी केन्द्रीय समितिमा पुगे । १४औं महाधिवेशनमा फेरि दुबै पार्टीको महामन्त्री चुनिए । त्यसबेलादेखि नै दुई महामन्त्रीले सहकार्य सुरु गरेका थिए ।


    संसदीय दलको नेतामा गगनले दाबी गर्दा उनको समूहकै नेताहरु भन्दा विश्वप्रकाश अगाडि बढेर समर्थन गरे । काठमाडौं–४ मा चुनाव लडेका गगनले भावी प्रधानमन्त्रीका रुपमा मत मागेपछि झापा १ मा प्रतिस्पर्धा गरिरहेका महामन्त्री विश्वप्रकाशले चुनाव जितेर गए आफू प्रस्तावक बन्ने घोषणा गरे । गगनको समर्थक बस्छु भनेर भोट माग्नु विश्वप्रकाशका लागि प्रत्योत्पादक पनि बन्नसक्थ्यो । किनकि, पार्टीको १४औं महाधिवेशनमा शेरबहादुर देउवा पक्षमा खुलेका नेता कृष्ण सिटौलाको झापामा बलियो पकड थियो । ‘उहाँले जोखिम मोलेरै भएपनि गगनको पक्षमा बोल्नु भएको हो’, झापाका एक कांग्रेस नेता भन्छन् ।


    चुनावको परिणाम सार्वजनिक भइसकेको अवस्थासम्म पनि गगनको पक्षमा खुलेर समर्थन गर्ने थोरै नेताहरूमा शर्मा पर्थे । प्रकाशमान समूहबाट महामन्त्री निर्वाचित शर्माले खुलेर समर्थन गर्दा गगन उभिएको शेखर कोइराला समूह चाहिँ मंगलबार संसदीय दलको निर्वाचन अघिसम्म पनि अर्निणित थियो । शेखर आफैं प्रष्तिपर्धामा उत्रिने तयारीमा थिए । तर मंगलबार दिउँसो मनोनयन दर्ता गर्ने बेलामा शेखर स्वयम् गगनको समर्थक मात्र बनेनन्, संस्थापन समूहबाट महामन्त्रीको चुनाव लडेका प्रदीप पौडेल पनि गगनको पक्षमा उभिए ।

    जसै शेखरले गगनलाई साथ दिने निर्णय गरे, सुरुमा विश्वप्रकाश शर्मा र त्यसपछि प्रदीप पौडेल शेखर समूहको बैठकस्थल पुगे । सिंहदरबारस्थित होटल बसेराको बैठक स्थलमा पुग्दा सहभागीहरुले ताली बजाएर स्वागत गरे । नेताहरुका अनुसार गगनलाई संसदीय दलको उम्मेदवार बनाउन सहमति जुटाउने क्रममा अर्का महामन्त्री विश्वप्रकाशले समेत शेखरलाई १५औं महाधिवेशनमा सभापतिमा सघाउने बचन दिएका छन् ।


    त्यसो भए विश्वप्रकाशले के पाउँछन् त ? उनी निकट कांग्रेस नेता दिनेश थापा मगर भन्छन्, ‘यो लेनदेन भन्दा पनि महामन्त्रीज्यूले पार्टीलाई रुपान्तरणकालागि जरुरी छ भन्ने सन्देश दिन खोज्नु भएको हो ।’ महामन्त्री शर्माले ‘सबै आफैंलाई चाहियो, मै हुनुपर्छ भन्ने प्रवृत्तिलाई पनि परिवर्तन गर्नुपर्छ’ भन्ने सन्देश दिएको उनी बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.