काठमाडौं / नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।
एमालेले मंसिर ४ मा निर्वाचित सांसदरुका लागि मंगलबार प्रज्ञा भवनमा विशेष कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा निर्वाचित सांसदहरुलाई बधाई दिइएको छ। यसका साथै समानुपातिकतर्फ लोकप्रिय पहिलो मत दिएको भन्दै एमालेले मतदातालाई पनि धन्यवाद दिएको छ।
नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन् ।
