Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » उत्कृष्ट कर्मचारीका रुपमा उपरकोटीलाई सम्मान गर्दै बिन्ती साकोसको साधारण सभा सम्पन्न
    समाचार

    उत्कृष्ट कर्मचारीका रुपमा उपरकोटीलाई सम्मान गर्दै बिन्ती साकोसको साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ३, आईतवार १४:२० गते2 Mins Read

    मेचीनगर \ बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा संस्थामा कार्यरत कर्मचारी किशोर उपरकोटीलाई नगद सहित सम्मान गरिएको छ । उपरकोटीसहित उत्कृष्ट बचतकर्तातर्फ सुनिता उराँव र नितेश खडिया, असल ऋणीतर्फ सखीलाल धिमाल र विष्णुमाया कट्वाल सम्मानित भएका छन् ।

    मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, महेन्द्रद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, दुर्गेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष मेचे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    संस्थाले अघिल्लो आर्थिक वर्षदेखि किसानहरुका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल, बिऊ बिजन बिक्री वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष दशरथ खडियाले जानकारी दिए । अध्यक्ष खडियाले संस्थाले चाँडै नै कृषि क्षेत्रमा समेत लगानी गर्ने बताए । संस्थाले यही आर्थिक वर्षदेखि सदस्यहरुको लागि मोबाइल बैंकिङ सेवा समेत शुरु गरेको संस्थाका व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।

    संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खडियाले प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका श्रृजनाचोक सेवा केन्द्र प्रमुख किशोर उपरकोटीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.