Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘कुर्सी ओगटेर नबस्ने, जनताको सेवक बन्ने’ ः प्रदेश सभा सदस्य सिटौला
    समाचार

    ‘कुर्सी ओगटेर नबस्ने, जनताको सेवक बन्ने’ ः प्रदेश सभा सदस्य सिटौला

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ३, आईतवार ०२:३६ गते2 Mins Read

    कनकाई खबर \ झापा क्षेत्र नं.४(२)का नवनिर्वाचित प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौलाले आँफु कुर्सी ओगटेर नबस्ने भन्दै जनताको सेवक बनेर काम गर्ने बताएका छन् ।


    कनकाई वडा नं.७ को वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सिटौलाले जनताले अनुभूती गर्न सक्ने गरीको काम गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचित भएपछिको खादा मालाले आफूलाई कर्तव्य बोध गराएको भन्दै प्रदेश सभा सदस्य सिटौलाले जनताको शिर ठाडो हुनेगरी ईमान्दारीतापुर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् ।


    कर्मचारी वर्गले कानुनको परिधिभित्र रहेर सेवाग्राहीलाई सहज निकास दिनु पर्नेमा जोड दिँदै सिटौलाले कर्मचारीलाई प्रयाप्त मात्रामा तालिमको व्यवस्था हुनुपर्ने बताए । कनकाई ७ का वडाअध्यक्ष भिष्मभुषण सिटौलाको सभापतित्व रहेको कार्यक्रममा वडाअध्यक्ष सिटौलाले वडाका तर्फबाट नवनिर्वाचित प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौलालाई कलम र डायरी उपहार प्रदान गरे । विकास निर्माणका योजनाहरुलाई टिपोट गर्न साथै कार्यान्वयन पक्षमा सक्रिय रहन नवनिर्वाचित प्रदेश सभा सदस्यलाई कलम र डायरी उपहार दिएको वडाअध्यक्ष सिटौलाले जानकारी दिए ।


    वडाअध्यक्ष सिटौलाले कनकाईको वडा नं.७ मा रहेका विभिन्न नयाँ,पुराना साथै अधुरा रहेका योजना निर्माणकालागि वजेट व्यवस्थापन गरिदिन वडाभित्रका विभिन्न १७ वटा योजनाहरुलाई बुँदागत रुपमा लिपिबद्ध गरी नवनिर्वाचित प्रदेश सभा सदस्य सिटौलालाई बुझाएका छन् । नवनिर्वाचित प्रदेश सभा सदस्य सिटौलाले वडाबाट आएका योजनाहरु समसामयिक भएकाले कार्यान्वयन तर्फ पहल गर्ने प्रतिवद्धता जनाए ।


    वडासदस्य भगन टुडुले स्वागत गरेको कार्यक्रममा स्थानीय वुद्धिजीवी प्रल्हादप्रसाद घिमिरे, नेकपा एमाले वडाप्रतिनिधि तुलसीप्रसाद सुवेदी, माओवादीका वडा समिति अध्यक्ष अनिरुद्र चापागाईँ लगायतले वडाभित्रका विविध योजना साथै समस्याका बारेमा जानकारी गराउँदै नवनिर्वाचित जनप्रतिनिधिले जनताको सहयात्री बनेर अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारीहरु, वडामा क्रियासिल टोल विकास संस्थाका संयोजकहरुसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन वडासदस्य निर्मल आङ्थोपोले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.