Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भगवती साकोसमा २५ करोड बढीको कारोबार
    आर्थिक

    भगवती साकोसमा २५ करोड बढीको कारोबार

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर २८, बुधबार ००:२९ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–३ सुरुङ्गा स्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईको सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक समिति सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी अधिकारीले यस क्षेत्रको अब्बल संस्था बन्न सक्ने सुनिश्चित भविष्य बोकेको भगवती सहकारीले सदस्य लक्षित थप कार्यक्रम लिएर अघि बढ्नु पर्ने तर्फ जोड दिए । सहकारी संस्थाहरु अब प्रविधिमैत्री बन्नु पर्ने तर्फ जोड दिँदै प्रमुख अतिथी अधिकारीले सुरुङ्गाको एउटा सहकारी संस्थामा राखेको पैशा काठमाण्डौमा झिक्न पाउँने गरीको व्यवस्था मिलाउँनु पर्ने तर्फ सुझाव दिए ।


    जोखिमपुर्ण अवस्थामा रहेको बचत तथा ऋणको क्षेत्र धेरै संवेदनशिल रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी अधिकारीले संस्थाको दिगो विकासकालागि नयाँ कार्यक्रम लिएर अघि बढ्नु पर्ने तर्फ जोड दिए । संचालक समिति र शेयर सदस्य विचमा तालमेल भएन भने सहकारी संस्थाहरु क्षणभरमै स्वाहा भएको दृष्टान्त सुनाउँदै अधिकारीले सहकारी संस्थाहरु समुदायमा आधारीत सदस्य केन्द्रित हुनु पर्ने तर्फ सुझाव दिए । बचत तथा ऋणको कारोवारलाई व्यवस्थित गर्न केन्द्रमा सहकारी संस्थालाई नियन्त्रण गर्ने संयन्त्र निर्माण भइसकेको बताउँदै प्रमुख अतिथी अधिकारीले यसको कार्यान्वयन तर्फ छलफल भइरहेको बताए ।


    संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २२ वर्ष अघि राजनीतिक अस्थिरताका कारण स्थानीय स्तरका वित्तिय संस्थाहरु पलायन भइरहेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो ठाउँमा आर्थिक कारोवारमा टेवा पुर्याउँने उद्येश्यले २०५७ को पौष १४ गतेदेखी संस्थाले आप्mनो सेवा सुचारु गरेको बताए । क्रमिक रुपले आज आएर १ हजार ६५८ शेयर सदस्य भइसकेको यस भगवती सहकारी संस्थाले २५ करोड बराबरको आर्थिक कारोबार गरिरहेको संस्थाका अध्यक्ष प्रसाईले जानकारी दिए । सहकारीको माध्यमबाट नै मानव जीवनको आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रसाईले सबै किसिमका चुनौतीलाई सामना गर्न साथै प्राप्त अवसरलाई उपलव्धीका रुपमा संस्थागत गराउँन सम्पूर्ण शेयर सदस्यको सहयोगको अपेक्षा राखेको बताएका छन् ।

    वर्तमान अवस्थामा आर्थिक मन्दिको प्रभावमा परेर नीति,विधि र प्रविधिमा संचालन नभएका सहकारीहरुले समग्र सहकारी क्षेत्रमा नकारात्मक सन्देश दिइरहेको अवस्थामा अलिकति पनि विचल्लीत नभइकन सहकारीको नीति र सिद्धान्तमा संचालित संस्थाको पहिचान गरेर मात्र कारोवार गर्न भगवती सहकारी संस्थाका अध्यक्ष प्रसाईले आम उपभोक्तालाई अपिल गरेका छन् ।


    साधारण सभाको बन्द सत्रमा वार्षिक प्रतिवेदन, आन्तरिक लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदनसहित सबै प्रतिवेदनमाथि व्यापक छलफल भई संसोधनसहित पारित भएको बताइएको छ । संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले स्वागत तथा संचालक सदस्य युवराज संग्रौलाले संचालन गरेको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति सदस्य प्रेमसागर सापकोटा, कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, भगवती सहकारी संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा साथै सुरुङ्गा कनकाई साकोसका नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद चुडाल(प्रकाश) लगायतले संस्थाको सफलताको कामना गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.