Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कर्णाली साकोसको शेयर पूँजी ४३ करोड ७४ लाख बढी
    आर्थिक

    कर्णाली साकोसको शेयर पूँजी ४३ करोड ७४ लाख बढी

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर २७, मंगलवार २३:५९ गते3 Mins Read

    कनकाई खबर \ झापाको विर्तामोड–४ मा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.को इकाईस्तरको साधारणसभा अन्तर्गत इकाइ नं.३ को सुरुङ्गामा सम्पन्न भएको छ ।


    कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सुरुङ्गासहित झिलझिले, शिवगन्ज, बैगुनधुरा र शरणामति सेवा केन्द्रको एकै स्थानमा साधारण सभा सम्पन्न भएको हो । सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसको विभिन्न ७ स्थान मध्ये इकाइ नं.३ को सुरुङ्गामा इकाईस्तरको साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित एकाई साधारणसभाको उद्घाटन संस्थाका दुईजना ज्येष्ठ सदस्यहरुको हातबाट दिप प्रज्वलन मार्फत गरिएको हो । इकाई साधारणसभामा संस्थाका अध्यक्ष प्रधानले वार्षिक प्रतिवेतन प्रस्तुत गरेका थिए ।


    अध्यक्ष प्रधानले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८ \ ०७९ को असार मसान्तसम्ममा संस्थाको शेयर पूँजी ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ, बचत मौज्दात १ अर्व ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ र जगेडा कोषमा १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको उल्लेख छ ।


    त्यस्तै संस्थाको स्थिर सम्पत्ति १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ नाफा गर्न सफल भएको छ । ५० हजार ६८४ जना शेयर सदस्य र ३४ वटा संस्थाहरु आवद्ध रहेको कर्णाली साकोसले ३ अर्ब ४६ करोड ७९ लाख ४० हजार रुपैयाँ सदस्य माझ कर्जा लगानी गरेको जनाइएको छ । एकाईगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य मनकुमार बेघाले वाचन गरेका थिए ।

    यसैगरी संस्थाको चालू वर्षका लागि निर्धारण गरिएको वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट कोषाध्यक्ष एकराज विष्टले प्रस्तुत गरेका थिए । संस्थाले चालू वर्षका लागि २४ वटा कार्यक्रम बनाएको छ भने शेयर रकम ५९ करोड १८ लाख ५० हजार पुर्याउने लक्ष्य राखेको छ । यस्तै जगेडा कोषमा १० करोड ७६ लाख, कर्जा जोखिम ब्यवस्था कोषमा ६ करोड ३७ लाख ५० हजार, अन्य कोष तथा दायित्व २१ करोड ६९ लाख ८७ हजार र निक्षेप २ अर्ब ६७ करोड २५ लाख ३७ हजार पुर्याउने लक्ष्य प्रस्तुत गरे ।


    सुरुङ्गा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद भेट्वालले आमन्त्रितहरुलाई स्वागत गरेको इकाई साधारणसभाको सञ्चालन संस्थाका सचिव भूपाल बस्नेतले गरेका थिए । कार्यक्रममा सहभागी सदस्यहरुबाट आएको प्रस्ताव अनुसार संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको विशेष उपचार कोष तर्फको रु.५हजार संस्थाले नै लगानी गरिदिने साथै सदस्यहरुले क्रमिक रुपले तिर्दै जाने भन्ने प्रस्तावलाई टिपोट गरिएको छ । सो कार्यक्रमबाट पुष २४ गतेका लागि निर्धारित अन्तिम माइन्युट प्रमाणित साधारण सभामा प्रतिनिधित्व गर्ने तीनजना सेयर सदस्यहरुको चयन गरिएको सुरुङ्गा सेवा केन्द्रका प्रमुख ईन्द्रवहादुर कार्कीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.