Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा कनकाई साकोसमा चुडाल, उत्कृष्ट बचतकर्ता लामिछानेसहित १८जना सम्मानित
    आर्थिक

    सुरुङ्गा कनकाई साकोसमा चुडाल, उत्कृष्ट बचतकर्ता लामिछानेसहित १८जना सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर २६, सोमबार १३:२० गते3 Mins Read

    कनकाई खबर \ सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले प्रेमप्रसाद चुडाल (प्रकाश) को अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको संचालक समिति अध्यक्षसहित अन्य विभिन्न क्षेत्रको नेतृत्व तहमा रहेका चुडाल यस संस्थाको कार्यसमिति सदस्यको जिम्मेवारीमा थिए ।

    सर्वसम्मत गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा कमल मैनाली, सचिवमा श्यामकुमार पौडेल, कोषाध्यक्षमा भीष्म मैनाली र सहसचिवमा कल्पना पौडेल (ढकाल) रहेका छन् । सञ्चालक समिति सदस्यमा सुरेशकुमार गुरुङ, कविता बस्नेत, लीला प्रसाईं (संग्रौला), गणेशप्रसाद पोखरेल, खेमराज कार्की र मुनादेवी सिटौला चयन भएका छन् । त्यसै गरी, श्रीप्रसाद खरेल संयोजक, हरिभक्त सिटौला र अनिता उप्रेती (मैनाली) सदस्य रहेको ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्न कर्णबहादुर डाँगी संयोजक, चन्द्र मैनाली (भतिज) र डिल्लीराम मैनाली सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले आवश्यक भूमिका खेलेको थियो ।


    सो कार्यक्रममा १८ जनालाई संस्थालाई पु¥याएको योगदानका लागि पुरस्कृत तथा सम्मान गरिएको थियो । व्यक्तिगत असल ऋणीतर्फ लीलादेवी खडका, महिला समूह असल ऋणीतर्फ सरिता शिवाकोटी, मीना दनुवार, विष्णु राई, सावित्रा श्रेष्ठ र मैया बस्नेतलाई सम्मान गरिएको थियो । धितो राखी ऋण लिई नियमित किस्ता तिर्नेमध्ये राजुमाया उप्रेती, उत्कृष्ट बचतकर्ता (दैनिक) हरिमाया आचार्य र उत्कृष्ट बचतकर्ता (मासिक) मा ऋषिराम लामिछानेलाई सम्मान गरिएको थियो ।


    त्यसै गरी, ज्येष्ठ सदस्यमा ओमप्रकाश पौडेल, मोहनकुमार मैनाली, जोगमाया चुडाल र दिलमाया तामाङलाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट कर्मचारीका रूपमा लेखापाल यशु मैनालीलाई सम्मान गरिएको थियो । २०७८ को कक्षा १२ को परीक्षामा शेयर सदस्यका छोराछोरीमध्ये सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट हुने छात्र आशुतोष दाहाल र छात्रा अंशु शिवाकोटी तथा निजी विद्यालयतर्फ दीपेश भट्टराई र मेबिस शिवाकोटीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।


    सभामा अध्यक्ष लक्ष्मीप्रसाद पाठकले आ.व. २०७८÷०७९ को समीक्षा तथा आ.व. २०७९÷०८० को कार्ययोजना र कार्यक्रम समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष भीष्म मैनालीले आ.व. २०७९÷०८० को अनुमानित बजेट प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक रूपनारायण खतिवडाले लेखा समितिको वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभाले आवश्यक छलफलसहित सबै प्रतिवेदन पारित गरेको थियो । कनकाई नगर सहकारी कार्यालयका प्रमुख हरिप्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा भीमसेन साकोसका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, दुर्गापुर साझा सहकारीका उपाध्यक्ष टीकाप्रसाद पाठक, कनकाई नगर सहकारी समन्वय समितिका संयोजक कुमारमणि पोखरेल, सुरुङ्गा कनकाई साकोसका संरक्षण समितिका सदस्य एवम् कनकाई सामुदायिक वन उपभेक्ता समितिका अध्यक्ष ख्यामप्रसाद ओली, भगवती साकोसका अध्यक्ष खेमप्रसाद प्रसाईं, वडा नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०६८ सालमा स्थापित सो सहकारीमा हाल १ हजार ३ सय ९८ जना शेयर सदस्य रहेका छन् भने संस्थाको कार्यक्षेत्र कनकाई नगरपालिका वार्ड नं. २, ३ र ४ का कनकाई वन समूहको सीमा मानिएको प्रबन्धक लीला खवासले जानकारी दिइन् ।


    संस्थाका उपाध्यक्ष कमल मैनालीले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव श्यामकुमार पौडेलले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.