Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समुदायको स्वास्थ्यमा सुधारको लक्ष्यसहित सहाराको विश्वास परियोजना
    समाचार

    समुदायको स्वास्थ्यमा सुधारको लक्ष्यसहित सहाराको विश्वास परियोजना

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर २४, शनिबार १९:१८ गते2 Mins Read

    कनकाई खबर \ झापा र मोरङमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशिक १० वटा रोगबाट समुदायको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम गरिदै आएको हो । 

    सहारा नेपालको आयोजना र फेयरमेड फाउण्डेशनको सहयोगमा शनिवार(आज) चारपानेस्थित सहारा नेपालको केन्द्रिय कार्यालयमा पत्रकारहरुसँग अन्तक्रिया गर्दै कार्यक्रमका बिषयमा जानकारी गराइएको हो । सहारा नेपाल र फेयरमेडले एक बर्ष अघिदेखि साझेदारी गरेर कार्य गर्दै आएको अन्तरक्रिया कार्यक्रममा जनाइएको छ । 

    सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा मोरङ र झापाका १७ वटा पालिकामा उपेक्षित उष्णप्रदेशिक १० वटा रोग प्रदेश १ का लक्षित नगरपालिका र गाउँपालिकामा कसैलाई पछि नछोडी समुदायको स्वास्थ्यमा सुधार गरिने सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए । गिरीका अनुसार कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेङ्गु र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फित्ते जुका र खस्रेरोगबाट लक्षित बर्गलाई उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य, अपाङ्गता र उपेक्षाका बारेमा जनचेतना जगाइनेछ । 

    झापाका १५ पालिका मध्ये कचनाकवल, झापा, बाहदशी, हल्दिबारी, गौरीगञ्ज गाउँपालिका, भद्रपुर, बिर्तामोड, कनकाई, गौरादह र मेचीनगर गरेर १० वटा पालिकामा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका फोकल पर्सन मात्रिका सुवेदीले जानकारी दिए ।  

    स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सम्बन्धित निकायको ब्यवस्थापकीय क्षमता सुद्धिकरण गरी एकीकृत, समतामुलक र पारदर्शी स्वास्थ्य सेवा बिस्तार, सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने र समुदायका ब्यक्तिहरुको क्षमताबृद्धि गरी स्वास्थ्य सेवामा पहुँच बढाउने उदेश्यका झापा र मोरङका १७ वटा पालिकामा कार्यक्रम सञ्चालन गरिएको फेयरमेड फाउण्डेशनका अनुगमन तथा कार्यक्रम बिशेषज्ञ बेदप्रकाश शर्माले जानकारी दिए । 

    उपेक्षित उष्णप्रदेशीय रोग विशेषगरी गरिबीको रेखामुनी रहेका मानिसहरुमा बढी पाइने विश्वास परियोजनाका संयोजक पवनकुमार राईले जानकारी दिए । झापा, मोरङ र सुनसरीमा सञ्चालित चार बर्षे विश्वास परियोजनाले सबै रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्याउने लक्ष्य लिइएको जनाइएको छ । 

    कार्यक्रम सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा सहारा नेपालका ध्यानबहादुर भारती, किशोर गिरीलगायतको उपस्थिति रहेको थियो । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.