कनकाई खबर \ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत बिहिबार झापाको सुरुङ्गा, दुर्गापुर, घैलाडुबा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उपएकाइगत साधारणसभा सम्पन्न भएको छ ।

कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा केन्द्र कार्यालयहरुमा एकैदिन उपएकाइगत साधारणसभा सम्पन्न भएको हो । जसअन्तरगत सुरुङ्गा सेवा केन्द्रमा संचालक समिति सदस्य गोकर्ण ओझाको सभापतित्व रहेको साधारण सभामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । सेवा केन्द्र उपसमिति सदस्य वर्षा श्रेष्ठको शाव्दीक स्वागत मन्तव्य रहेको थियो भने सदस्य विनोद दहालले एनएमसीका तर्फबाट स्वागत गीत प्रस्तुत गरेका थिए ।
सेवा केन्द्र प्रमुख धर्मेन्द्र सुवेदीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथीका तर्फबाट सभालाई सम्बोधन गर्दै कनकाई नगर प्रमुख पोखरेलले विगतको पाँच वर्षमा सहकारी संस्थाहरुसँगको समन्वयमा धेरै काम हुन नसके पनि केही महत्वपूर्ण कामको थालनी भएको बताए । कनकाई नगर क्षेत्रका मुख्य चोक बजारलाई स्मार्ट सिटी बनाउँने कार्य सहारा नेपालसँगको समन्वयमा भएको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले कनकाई नगरीलाई समृद्ध,सुन्दर र आत्मनिर्भर बनाउँने कार्यमा जुनसुकै सहकारीसँग समन्वय गरेर अघि बढ्न स्थानीय सरकार सकारात्मक रहेको बताए । अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाइसकेको एनएमसी नेपालको पहिलो सहकारी बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्दै नगर प्रमुख पोखरेलले सहकारी संस्था र स्थानीय सरकार विच समन्वय हुन सकेमा मुलुकको समृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न सभामा केन्द्रिय प्रतिनिधिका रुपमा रहेका संचालक समितिका सदस्य ठाकुर शिवाकोटीले अध्यक्षको प्रतिवेदन र मेची क्षेत्र प्रमुख प्रकाश पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुतीसँगै बँुदा टिपोटकालागि संस्थाका सदस्यहरु दिपक चापागाईँ, देवी बास्तोला र निर्मला बस्नेतको महत्वपूर्ण भूमिका रहेको थियो ।
त्यस्तै दुर्गापुरस्थित दलित सामुदायिक भवनमा दुर्गापुर सेवा केन्द्रको उपएकाईगत साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा सेवा केन्द्र उप समितिका संयोजक छविलाल कोइराको अध्यक्षता एवं कनकाई–१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले बचत तथा ऋण लगानीमा मात्र सिमित नरही सामाजिक क्षेत्रमा समेत एनएमसीको योगदान अब्बल रहेको बताए ।
बित्तिय कारोबारसँगै विभिन्न व्यवसाय संचालन गर्दै आएको एनएमसीले मुलुकको समृद्धिमा ठूलो टेवा पुर्याएको भन्दै प्रमुख अतिथी पोखरेलले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, आयआर्जन साथै युवा स्वरोजगार कार्यक्रममा एनएमसीको भूमिका उपलव्धीमुलक रहेको भन्दै खुलेर प्रशंसा गरे । एकआपसमा सहकार्य हुँदा सबै पक्षलाई फाइदा हुने भन्दै प्रमुख अतिथी पोखरेलले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न एनएमसीलाई सुझाव दिए ।
साधारण सभामा केन्द्रिय प्रतिनिधिका रुपमा संचालक समितिकी उपाध्यक्ष भगवती घिमिरे मैनालीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै एनएमसी सहकारी पसल खरीद विभाग प्रमुख पारस भट्टराईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सेवा केन्द्र उपसमितिका सदस्य लिलावहादुर कन्दङ्वाले स्वागत गरेको कार्यक्रमको सहजीकरण दुर्गापुर सेवा केन्द्रकी प्रमुख ज्योती न्यौपानेले गरेकी थिइन् । साधारणसभामा प्रस्तुत प्रतिवेदनहरु माथि सदस्यहरुले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए । प्रतिवेदन प्रस्तुतीसँगै बँुदा टिपोटकालागि सेवा केन्द्र इकाईगत संयोजक इकाई नं.१का ताराप्रसाद खनाल र इकाई नं.२ की संयोजक सुजता निरौला साथै इकाई सदस्य मनोज पोखरेलले भूमिका खेलेका थिए ।
घैलाडुब्बा सेवा केन्द्रमा सञ्चालक समितिका सदस्य माधवचन्द्र प्याकुरेल र बैंकिङ व्यवसाय प्रमुख मनिष कोइरालाले केन्द्रीय प्रतिनिधिका रुपमा प्रतिवेदनहरु प्रस्तुत गरेका छन् । सेवाकेन्द्र प्रमुख कल्पना थापा कडरियाले सञ्चालन गरेको उपएकाईगत साधारणसभाको प्रमुख आतिथ्यता कनकाई नगरपालिका वडा नं.–९ का वडाअध्यक्ष राजेन्द्र उप्रेतीको रहेको थियो । उपएकाईगत साधारणसभामा सञ्चालक समिति सदस्य प्याकुरेलले सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन वाचन गरेका थिए । बैंकिङ व्यवसाय प्रमुख कोइरालाबाट लेखा परीक्षण प्रतिवेदन र चालू वर्षका लागि निर्धारित बजेट र कार्यक्रम प्रस्तुत भएको थियो ।
साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष उप्रेतीले सामाजिक कार्य, वित्तीय अनुशासन, धेरै सदस्य र व्यवसाय भएको संस्था एनएमसीको सेयर सदस्य बन्न पाएकोमा आफूलाई गर्व महसुस भएको बताए । सेवा केन्द्र उपसमितिका सदस्य नरमान श्रेष्ठले आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए भने साधारणसभामा प्रस्तुत प्रतिवेदनहरु माथि सदस्यहरुले आफ्ना जिज्ञासा र सुझाव राखेका थिए ।
यसैगरी, केर्खा सेवा केन्द्रको उपएकाइगत साधारणसभा कमल गाउँपालिका वडा नं. ३ स्थित सिंहदेवी मन्दिरको सभाहलमा सम्पन्न भएको छ । वडानम्वर ३ का अध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सो कार्यक्रम उद्घाटन गरिएको थियो । उपएकाइगत साधारणसभामा सञ्चालक समिति सदस्य सीताकुमारी श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस्तै कर्पाेरेट कार्यालयका सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
केर्खा सेवा केन्द्र उपसमितिका संयोजक लोकनाथ खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन सेवाकेन्द्र प्रमुख विनिता बस्नेतले गरेकी थिइन् । आमन्त्रित अतिथि र सहभागीहरुलाई सदस्य शान्ता दाहालले शाब्दिक स्वागत गरेकी थिइन् ।
कनकाई–रतुवा एकाई अन्तरगतकै कुञ्जिबारीमा पनि उपएकाईगत साधारणसभा सम्पन्न भएको छ । संस्था सञ्चालक समितिका सदस्य कमल गुरागाईं केन्द्रीय प्रतिनिधि रहेर उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
उपएकाईगत साधारण सभाले आगामी पुस २ गते हुने अन्तिम माइन्युट प्रमाणित गर्न तीन–तीनजना प्रतिनिधिहरु समेत छनौट गरेको छ ।
