Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रगतिको पथमा जामुनखाडी कृषि सहकारी संस्था
    समाचार

    प्रगतिको पथमा जामुनखाडी कृषि सहकारी संस्था

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर २२, बिहीबार १४:१९ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई–२,स्थित जामुनखाडी कृषि सहकारी संस्था लि.को सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


    धार्मिक तथा पर्यटकीय नगरी कनकाईको प्रसिद्ध धनुषकोटी वनभोज स्थलमा बिहिबार संस्थाले वनभोजसहितको साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष निर्मलकुमार खनालको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको साधारण सभामा उत्कृष्ट बाल बचत कर्ताका रुपमा समीप रिजाल र उत्कृष्ट दैनिक बचत कर्ताका रुपमा करबहादुर श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ । सोही अवसरमा आमा समूह र बालबालिका समूह तर्फ छुट्टा छुट्टै म्युजीकल चेयर प्रतियोगिता भएको थियो । जसमा बालबालिका तर्फ रोजीना गिरी र आमा समूह तर्फ रेणुका खबास उत्कृष्ट भएका छन् । उनीहरुलाई जनही नगद रु.५सय पुरस्कार प्रदान गरिएको छ ।


    कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य एवं संस्थाकी उपाध्यक्ष नरादेवी मगरले स्वागत गरेको कार्यक्रममा कनकाई नगर प्रमुख पोखरेलले स्थानीय सरकारले सहकारी संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । कनकाई नगर क्षेत्रमा केही सहकारी संस्थाहरुसँगको समन्वयमा महत्वपूर्ण काम भएको भन्दै नगर प्रमुख पोखरेलले नगरवासीको हितमा हुने जुनसुकै प्याकेजमा आवश्यक्ता र अवस्थालाई हेरेर नगरपालिकाले सम्झौता गरेर अघि बढ्न सक्ने बताएका छन् ।


    साधारण सभामा संस्थाको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले स्थानीय केही अग्रज व्यक्तित्वहरुबाट शेयर सदस्यका रुपमा ३६जनाको थोरै पुँजी लगाएर आज भन्दा सात वर्ष अघि २०७२को चैतमा यस कृषि सहकारी संस्थाको जन्म भएको बताए । क्रमिक रुपले प्रगतिको पथमा अघि बढ्दै गएको यस संस्थाले आफ्नो क्षेत्र बिस्तार गर्दै सदस्यहरु बिचको बचत तथा ऋणको कार्यक्रमलाई थप चुस्त,दुरुस्त र पारदर्शी बनाउँदै अघि बढेको संस्थाका अध्यक्ष खनाल बताउँछन् । सहकारीको माध्यमबाट समाजमा थप नयाँ व्यवसायको खोजी गर्दै सदस्यको आयआर्जनमा वृद्धि गर्ने कार्यमा संस्था निरन्तर लागिरहेको अध्यक्ष खनालले जानकारी दिए ।


    साधारण सभामा अध्यक्ष खनालले यस आर्थिक मन्दिको चुनौतीका बाबजुद पनि संस्थाले आफ्नो क्षेत्रमा सम्मानजनक कार्य सम्पादन गर्दै आएको बताएका छन् । यस आ.व.मा रु.४१ लाख २५ हजार ३०१ ले निक्षेपमा वृद्धि गर्दै संस्थाले रु.१ करोड,३६ लाख,४६हजार,१४३ निक्षेप कायम गर्न सफल भएको बताइएको छ । त्यस्तै यस आ.व.को कर्जा रकम रु.२ करोड,५२ लाख,७२ हजार,४२४ र बैंक मौज्दात रु.१६ लाख,५७ हजार,९५३ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको जगेडा कोषमा हाल रु.१५ लाख,५६ हजार,५३९ रहेको बताइएको छ । यस आ.व.मा जम्मा आम्दानी रु.२८लाख,३५ हजार,२४४ र खर्च तर्फ २३ लाख, १२ हजार,८३७ गरी संस्थाले रु.५ लाख २२ हजार४०७ जम्मा आम्दानी गर्न सफल भएको बताइएको छ ।


    साधारण सभामा लेखा समितिका तर्फबाट लेखा संयोजक निर्मल उप्रेतीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाको सवल पक्ष र सुधार गर्नु पर्ने विषयमा संयोजक उप्रेतीले लेखा समितिका तर्फबाट सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको पुँजी हाल रु.१ करोड,९ लाख,३८ हजार रहेको समेत सभामा जानकारी गराइएको छ । सहकारी संस्थाको सबैभन्दा मजबुत बित्तिय अवस्था भनेको पुँजी नै भएको ठहर गर्दै संस्थाले यस वर्ष ५ लाख ६८ हजार पुँजी वृद्धि गर्न सफल भएको बताइएको छ ।


    संस्थाका सचिव अर्जुनकुमार रिजालले संचालन गरेको कार्यक्रममा कनकाई–२का वडाअध्यक्ष बलराम राई, एक्सल डेभलप्मेन्ट बैंकका विभागीय प्रमुख शिवकुमार गिरी, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.