Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन
    समाचार

    क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर १७, शनिबार १५:३१ गते2 Mins Read

    झापा \ कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए ।

    बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था गरे अनुसार अधिवेशनले एकजना अध्यक्ष र ८ जना सदस्यहरु चयन गरेको हो ।

    क्यान झापाको सदस्यहरुमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहनेछन् । सदस्यहरुमा लोकप्रिय खनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकज पोखरेल निर्वाचित भएका छन् । यस्तै नवनिर्वाचित सदस्यहरुमा सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेका निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले घोषणा गरेका थिए ।

    नवनिर्वाचित अध्यक्ष घिमिरेलाई निर्वाचन अधिकृत अधिवक्ता भण्डारीले सपथ गराएका थिए भने निर्वाचित सबैजनालाई निर्वाचन समितिको तर्फबाट पुष्पाञ्जली सिन्हाले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

    क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भुपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गरिएको हो । साधारणसभामा क्यान झापाको वार्षिक प्रगति प्रतिवेदन सचिव कृष्णप्रसाद घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विनोद श्रेष्ठले वाचन गरी सुनाएका थिए । ती दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

    साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि क्यान महासंघ नेपालका केन्द्रीय सदस्य भुपेन्द्र मैनालीले झापाले गतवर्ष धेरैवटा रचनात्मक कार्यक्रमहरु गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताए । क्यान झापाले स्कूल क्याम्पसमा अध्ययनरत युवामाझ साइवर क्राइम सम्बन्धी तालिम दिएर तथा विभिन्न संघ–संस्थामा आवद्ध ग्रामीण महिलाहरुलाई लेखा प्रणाली व्यवस्थापनमा सहजीकरण गरेर उदाहरणीय काम गरेको धारणा राखेका थिए ।

    कार्यक्रममा गोमेन्द्र महाविद्यालयका प्राचार्य डा. रुपक खनालले विगत २२ वर्षदेखि कम्प्युटर शिक्षा प्रवाहमा गोमेन्द्रको योगदानको चर्चा गर्दै क्यानमा आवद्ध अधिकांश युवा सोही शैक्षिक प्रतिष्ठानको उत्पादन भएकोमा गौरव महसुस भएको बताए । सूचना प्रविधिको क्षेत्रमा भविष्यमा अझ फड्को मार्नुपर्ने आवश्यकता औंल्याउँदै डा. खनालले पूर्वाञ्चल विश्वविद्यालयले निकट भविष्यमा सुरु गर्ने एआई कोर्सले युवामाझ आकर्षण बढाउने धारणा राखे ।

    साधारणसभामा मन्तब्य राख्दै साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले कोरोना महामारी होस् वा अन्य जस्तोसुकै परिस्थितिमा पनि क्यान झापाले रचनात्मक कार्यक्रम गरेर युवाको मन जितेको बताए । क्यानको सदस्यता विस्तारमा ध्यान पुर्याउन कार्यसमितिलाई सुझाव दिँदै उनले एक वर्षमा गरेका कार्यक्रमहरु अनि वित्तीय सन्तुलन मिलाएर सम्पन्न भएको अभियानहरुको प्रशंसा गरेका थिए ।

    अधिवेशन अन्तरगत निर्वाचन समितिका सदस्य एभरेष्ट स्मार्ट एजुकेशनका प्रिन्सिपल पुष्पाञ्जली सिन्हालगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद घिमिरेले सञ्चालन गरेका थिए भने अध्यक्ष राजु श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने कार्यसमितिलाई आभार प्रकट गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.