Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लैंङ्गिक हिंसा अन्त्य र शान्ति निर्माणमा जोड
    समाचार

    लैंङ्गिक हिंसा अन्त्य र शान्ति निर्माणमा जोड

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर १७, शनिबार १५:०० गते2 Mins Read

    कनकाई खबर / चेतनाको अभावमा आदिवासी महिलाहरु अझै पनि लैंङ्गिक हिंसाबाट पीडित हुनु परिरहेको शनिबार आयोजित एक कार्यशालाका सहभागीले बताएका छन् ।


    बिर्तामोडमा संवाद समूह झापाले आयोजना गरेको आदिवासी महिलासंग लैंङ्गिक हिंसा तथा शान्ति निर्माण विषयक कार्यशालामा सहभागीले शिक्षा र चेतनाको कमीले आदिवासी समुदायमा लैंङ्गिक हिंसाका घटना अझै कायम रहेको बताए । उनीहरुले समुदायगत परम्परागत संस्कारका कारण पनि आदिवासी समुदायबाट लैंङ्गिक हिंसाका घटनाहरु न्यूनीकरण हुन नसकेको बताए ।


    कार्यक्रममा आदिवासी समुदाय राजवंशी र सन्थाल जातिका महिला सहभागी थिए । एभरेष्ट स्मार्ट स्कुलकी प्रिन्सिपल पुष्पाञ्जली सिन्हा र संवाद सहजकर्ता कमला भट्टराईले लैंङ्गिक हिंसा, कानुनी व्यवस्था, शान्ति निर्माण तथा महिला सशक्तिकरणका विषय समेटिएका दुई वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।


    बिर्तामोड नगर कार्यपालिका सदस्य तथा कोचिला महिला नेतृ सर्मिला राजवंशीले लैंङ्गिक हिंसा अन्त्यका लागि पुरुषको सकारात्मक र महत्वपूर्ण भूमिका आवश्यक रहेको तथा हिंसाविरुद्धको अभियान हरेक परिवार, टोलबाट थाल्नुपर्ने बताइन् ।


    सहभागी नेपाल सन्थाल महिला उत्थान संघकी केन्द्रीय अध्यक्ष मन्दिरा किस्कुले सन्थाल जातिका छोरी–बुहारीले सामान्य विषयवस्तुमा पनि हिंसाको सामना गर्नुपरिरहेको बताइन् । पूर्णिमा राजवंशीले आदिवासी समुदायमा अझै पनि छोराछोरीको विषयमा विभेद गर्ने, आमाले सुरक्षित मातृत्वको अवस्थाभन्दा परिवारको चाहानाअनुसार सन्तान जन्माउनुपर्ने अवस्था कायमै रहेको अनुभव सुनाइन् । सहभागी सर्मिला सोरेन र मिना मुर्मुले सन्थाल समुदायका छोरीहरुले विद्यालय तहको शिक्षा हासिल गर्न पनि परिवारमा संघर्ष तथा विद्रोह गर्नुपर्ने अवस्था रहेको बताइन् ।


    उनीहरुले घर परिवारमा महिलाहरु विभिन्न हिंसामा परिरहेको भएपनि पर्याप्त जानकारी र चेतनाको अभावमा त्यसविरुद्ध आवाज उठाउन नसकिरहेको बताए । आफ्नो समुदायमा हुने लैंङ्गिक हिंसा अन्त्यका लागि सचेतना तथा कानूनी उपचारको माध्यमबाट भूमिका निर्वाह गर्ने उनीहरुको भनाइ थियो । सहभागीले अबका दिनमा लैंङ्गिक हिंसा तथा विभेदविरुद्ध सशक्तरुपमा अग्रसर हुँदै समाजमा शान्ति निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

    विनीता राजवंशी, सुरजमनी टुडु, रुबिना राजवंशी, निर्मला मर्डी, चिन्ता राजवंशी, विमला राजवंशी लगायतले हिंसा सम्वन्धी आफ्नो समुदायको भोगाइ र देखाइ सुनाएका थिए । कार्यक्रम सहजकर्ता कमला भट्टराईले सञ्चालन गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.