Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया
    समाचार

    लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर १५, बिहीबार ००:४९ गते2 Mins Read

    भद्रपुर \ जिल्ला सदरमुकाम भद्रपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धमा अन्तरक्रिया गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख विश्व बरालको प्रमुख आतिथ्यमा उक्त अन्तरक्रिया भएको हो ।

    कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसा न्यूनीकरण गर्न पिडितलाई न्यायका लागि सम्बन्धित निकायसम्म पुर्याउन सम्बन्धित सरोकारवालाहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । यस्तै, हिंसा प्रभावितहरुलाई आय आर्जनको ब्यवस्था गर्नुपर्ने, हिंसा विरुद्ध बोल्नेलाई प्रोत्साहित गरिनुपर्ने तथा हिंसा विरुद्धमा शून्य सहनशिलताको सिद्धान्त अपनाउनु पर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो । हिंसा न्यूनिकरणका लागि टोल विकस संस्थाहरुलाई परिचालन गरिनुपर्ने सुझाव पनि सहभागीहरुले दिएका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले कतिपय झुट्टा मुद्दा भन्ने थाहा हुँदाहुँदै पनि संघ संस्थाको दबाबमा दर्ता गर्न प्रहरीलाई बाध्यतामा पारिने हुँदा महिला हिंसा बिरूद्ध काम गर्न यस क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुलाई यस्ता विषयमा संवेदनशील भईदिन आग्रह गरे ।

    प्रमुख जिल्ला अधिकारी रिजालले प्रत्येक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म सञ्चालन हुने हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सम्बन्धित निकाय वा संस्थाहरुलाई निर्देशन दिए ।

    त्यसैगरी जिसस प्रमुख बरालले आफूले पनि जिल्ला भित्र रहेका अभियानसँग सम्बन्धित कार्यक्रमहरुलाई अनुगमन निरीक्षण गर्ने बताउँदै कार्यक्रमलाई प्रभावकारी ढंगबाट सम्पन्न गर्न सबै पालिका र संघ संस्थालाई निर्देशन गर्दै आफ्नो तर्फबाट पनि सहभागिता जनाउने बताए ।

    मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेण्डेन डा. टंकप्रसाद वाराकोटी, सहायक प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए ।

    यस्तै, सरकारी वकिल कार्यालयका प्रतिनिधि, झापाका विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू र सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधि, महिला हिंसा बिरूद्ध क्रियाशील विभिन्न संघ संस्थाका प्रमुखहरु लगायत तीन दर्जन हाराहारीको सहभागिता थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.