Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बार्षिक उत्सवका अवसरमा सिभिल बैंक शाखा सुरुङ्गाको विविध कार्यक्रम
    समाचार

    बार्षिक उत्सवका अवसरमा सिभिल बैंक शाखा सुरुङ्गाको विविध कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर १४, बुधबार ०४:१० गते2 Mins Read

    कनकाई खबर \ सिभिल बैंकले १२ औं बार्षिक उत्सवको अवसर पारेर देशभरीका शाखामा विभिन्न कार्यक्रम गरी उत्सव मनाएको छ ।


    यसै क्रममा बैंकको शाखा सुरुङ्गाले समेत संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर बार्षिक उत्सवलाई थप विशेष बनाएको छ । सर्वप्रथम बैंकको सुरुङ्गा शाखा परिसरमा एक संक्षिप्त कार्यक्रमका विच शुभकामना आदानप्रदान सम्पन्न भएको छ । वार्षिक उत्सवका अवसरमा शाखा प्रमुख प्रकाश निरौलाले स्थानीय कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको संक्षिप्त कार्यक्रममा उपस्थित सबैलाई केक काटेर वितरण गरेका थिए । सोही अवसरमा उद्योग बाणिज्य महासंघ प्रदेश कमिटीका सदस्य कुमारमणि पोखरेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमली, युनीक बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख दिपक भट्टराई, कनकाई छठसेवा समाजका कोषाध्यक्ष दिनेश ठाकुर, स्थानीय व्यवसायी, संचारकर्मी लगायतको उपस्थिति रहेको शाखाका कर्मचारी प्रवेश भेट्वालले जानकारी दिए ।


    बार्षिक उत्सवकै अवसरमा सिभिल बैंक शाखा सुरुङ्गाले झापा गाउँपालिका–६ स्थित जनता माविको कक्षा १०मा अध्ययनरत गरिव तथा जेहेन्दार एकजना छात्रा भुमिकाकुमारी गणेशलाई छात्रवृत्ति प्रदान गरेको शाखा प्रमुख निरौलाले बताए ।


    चार वर्ष अघि मात्र २०७६ को जेठमा सुरुङ्गामा शाखा विस्तार गरेको सिभिल बैंकले वित्तिय कारोबारमा मात्र सिमित नभई सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि संचालन गर्दै आएको छ । यसै क्रममा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नै रहेर स्थानीय सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समूहलाई ५० थान प्लाष्टिकका कुर्सी वितरण गरेको छ ।

    सुरुङ्गा खानेपानी संस्थाको कार्यालय परिसरमा एक विशेष कार्यक्रमका विच बैंकका तर्फबाट प्रदेश नं.१ का प्रमुख राजेश ढकालले संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारीलाई कुर्सी हस्तान्तरण गरेका हुन् । सोही अवसरमा सिभिल बैंक प्रदेश नं.१ का वरिष्ठ अधिकृत विकास कोइराला, सुरुङ्गा शाखा प्रमुख प्रकाश निरौला, कर्मचारी रीमा राईसहित खानेपानीका कोषाध्यक्ष रामवहादुर न्यौपाने, सुरक्षा समिति सदस्य निर्मलकुमार खतिवडा, मैना तिवारी लगायतको उपस्थिती रहेको सुरुङ्गा खानेपानी संस्थाका कार्यालय सचिव नारायण नेपालले बताए । सिभिल बैंकले प्रदान गरेको कुर्सी ग्रहण गर्दै खानेपानी संस्थाका अध्यक्ष भिमप्रसाद अधिकारीले संस्थाको तर्फबाट बैंकप्रति आभार प्रकट गरे ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.