झापा । डाका र जबरजस्ती करणी मुद्धामा फरार रहेका धनपति ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेकाे छ ।
कनकाई नगरपालिका ४ बस्ने ७७ वर्षिया ढुङ्गानालाई २०६७ साल पुस १३ गते जिल्ला अदालत झापाले दाेषी ठहर गर्दै सजाय ताेकेकाे थियाे । अदालतकाे फैसलापछि फरार रहेका ढुङ्गानालाई साेमबार फैसला कार्यन्वयनको लागी खटिएको जिल्ला प्रहरी कार्यालयकाे टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत झापामा उपस्थित गराइएको हुँदा अदालतको आदेशले ढुङ्गानालाई ६ वर्ष कैद र रू.७५ हजार जरिमाना सहित झापा जिल्ला कारागार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

