Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मदिरा व्यवसायीहरुको सरकारलाई ध्यानआकर्षण
    समाचार

    मदिरा व्यवसायीहरुको सरकारलाई ध्यानआकर्षण

    ramBy ram२०७६ जेष्ठ ९, बिहीबार १४:५५ गते2 Mins Read


    कनकाई \ झापाको कनकाईमा भएको मदिरा व्यवसायीहरुको एक भेलाले सरकारले आँफूहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन् ।

      राज्यलाई राजस्व बुझाउँने व्यवसायीहरु मध्येको तेस्रो स्थानमा रहेको मदिरा व्यवसायको संरक्षण र प्रवद्र्धनकालागि उत्साह जगाउँदै राज्यले अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने तर्फ व्यवसायीहरुले जोड दिएका छन् । झापाको कनकाई नगरपालिका र झापा गाउँपालिकाभित्र रहेर मदिरा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको संस्था कनकाई मदिरा व्यवसायी संघले आयोजना गरेको अन्तरक्रियामूलक कार्यक्रममा सहभागी भएका मदिरा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।

        कार्यक्रममा संघका नगर अध्यक्ष गोपाल चुडालले मदिरा व्यवसायीप्रति राज्यको गलत नीति भएकै कारण व्यवसायीहरु असुरक्षित बन्दै गएको आरोप लगाउँनुभएको छ । ग्रामीण क्षेत्रमा अव्यवस्थित रुपमा घरेलु मदिरा विक्रिवितरण गरीरहेका व्यवसायीहरुलाई सरकारले व्यवस्थित गर्नु पर्ने तर्फ जोड दिँदै व्यवसायी चुडालले दर्ता बेगर संचालन भएका मदिराजन्य व्यवसायको पहिचान गरेर कानुनी दायराभित्र ल्याउँन माग गर्नुभएको छ । संघका झापा जिल्ला उपाध्यक्ष गोकुल होमगाईँले मदिरा व्यवसायीहरुले आन्तरिक राजस्व कार्यालयवाट विधिवत रुपमा दर्ता भएर व्यवसाय संचालन गर्न सम्पूर्ण मदिरा व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।

      स्थानीय सरकारका तर्फवाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले मदिरा व्यवसायीहरुको अवस्था पहिचान गरेर व्यवसायलाई व्यवस्थित गर्ने कार्यमा राज्य सधैं सकारात्मक रहेको जानकारी दिनुभएको छ । अव्यवस्थित रुपमा संचालनमा आएका मदिराजन्य व्यवसायलाई वैकल्पिक रोजगारमुखी कार्यक्रम बनाएर त्यस्ता मदिराजन्य व्यवसायलाई न्युनीकरण गर्दै जाने सरकारको नीति रहेको नगर प्रमुख पोखरेलले प्रष्ट पार्नुभएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.