Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हाकिमको सरुवा नगरबासी हैरान
    स्थानीय

    हाकिमको सरुवा नगरबासी हैरान

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन १०, शनिबार ००:५२ गते3 Mins Read

    राम निरौला
    कनकाई खबर  \  झापाको कनकाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत खरुदेव चुडाल विदाइ भएका छन् ।

        विदाइका क्रममा प्रमुख प्रशासकीय अधिकृत चुडालले कनकाई नगर प्रमुखको एक्लो दौडका कारण नेपाल सरकारका कर्मचारी र जनप्रतिनिधीविच तालमेल हुन नसक्दा कर्मचारीमा स्थिरता नभएको वताएका छन् ।  यसरी नै कर्मचारीमा स्थिरता नआउँने हो भने नगरको विकास निर्माणको काम समेत चौपट हुने भएकाले यस तर्फ नगरवासी सचेत हुनु पर्ने चुडालको ठम्याई छ ।
    साविक सुरुङ्गा र घैलाडुवा गाविस एकिकृत भएर कनकाई नगरपालिका बनेपछिको पाँच वर्षपछि नगरको सातौं प्रमुख प्रशासकीय अधिकृतका रुपमा २०७५ को चैत ११ गतेदेखि कार्यभार सम्हाल्दै आएका चुडाललाई नगरपालिकामा एक कार्यक्रमका विच विदाइ गरिएको हो । विदाइ कार्यक्रममा कनकाई नगरमा रहँदाको आफ्नो अनुभवसहितको संक्षिप्त मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत चुडालले स्थानीय तहको सुशासनकालागि जनप्रतिनिधी र कर्मचारी विचको सम्वन्ध सुमधुर बन्नु पर्नेमा जोड दिए ।

       कुनै पनि संस्थामा नेतृत्वको एक्लो दौडले केही पनि उपलव्धी हुन नसक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत चुडालले विधि, प्रणाली र पद्वति अनुसार कार्य सम्पादन हुन सकेमा शासन व्यवस्था स्थिर हुन सक्नेमा जोड दिए । सामुहिक प्रयासमा भएको कार्यसम्पादनवाट सवैलाई सहज हुने भन्दै चुडालले कुनै पनि जिम्मेवार निकायको मुख्य कर्मचारीमा फेरबदल भइरहनु सम्वन्धित निकायकालागि ठूलो घाटा हुने भएकाले यस विषयमा सरोकारवाला निकाय गम्भिर हुनु पर्नेमा जोड दिएका छन् । सरकार स्थिर भए झैं जिम्मेवार कर्मचारी समेत छोटो समयमा फेरबदल नभई स्थिर हुनु पर्ने नगरवासीको माग रहेको छ । कनकाई नगरपालिकामा हाल सम्ममा ७ जना प्रमुख प्रशासकीय अधिकृतले कार्यसम्पादन गरीसकेको भए पनि एक वर्षको अवधि पूरा गर्नेमा एक जना मात्र प्रमुख प्रशासकीय अधिकृत भएको पाइन्छ ।

       कनकाई नगरपालिका घोषणा भएपछि २०७१ को बैशाख २५ गते पहिलो प्रमुख प्रशासकीय अधिकृतका रुपमा कनकाई नगरपालिकामा कार्यभार सम्हाल्न आएका रुद्रवहादुर कार्की करिव चार महिनापछि भदौ १३ गते विदाई भएका थिए । त्यसपछि २०७१ को भदौ १४ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हाल्न आएका सुनिल निरौला १० महिनापछि २०७२ को असार ३० गते विदाई भएका थिए । त्यसपछि क्रमशः अनुज गौतम २०७२ साउन १ गतेदेखि २०७३ जेठ ७ गते सम्म १० महिना, खगेन्द्र गिरी २०७३ जेठ ८ गतेदेखि २०७४ कात्तिक ५ सम्म १७ महिना, देबेन्द्र कार्की २०७४ कात्तिक ६ देखि २०७५ कात्तिक १२ सम्म एक वर्ष, गणेशप्रसाद बराल २०७५ मंसिर २० देखि २०७५को चैत ५ गते सम्म साडे तीन महिना, खरुदेब चुडाल २०७५ चैत्त ११ देखि २०७६ फागुन ६ गते सम्म ११ महिना सम्मको कार्यकाल विताएर विदाइ भएका हुन् ।

       जनताको कामलाई सहज बनाउँने प्रयासमा कनकाई नगरपालिकामा रहँदा प्रमुख प्रशासकीय अधिकृत चुडालले खेलेको भूमिकाको उच्च मुल्यांकन गर्दै जनप्रतिनिधीहरुवाट प्रशंसा पत्र साथै कर्मचारीका तर्फवाट मायाको चिनोसहित चुडाललाई विदाइ गरिएको हो । यस अघि २०४३ सालदेखि तत्कालिन समयमा जिल्ला सहकारी कार्यालय झापाको प्रमुखको जिम्मेवारी सम्हाल्दै सरकारी सेवामा प्रवेश गरेका चुडालले हाल सम्ममा ३३ वर्षको सेवा अवधिमा एक कुशल प्रशासकको रुपमा रहेर कार्यसम्पादन गर्दै आएको वताइएको छ । विभिन्न जिल्लाको मालपोत कार्यालयसहित प्रदेश नं.१ को मुख्यमन्त्री कार्यालयमा समेत उपसचिवको जिम्मेवारी पूरा गरेसँगै मेची यातायात कार्यालयको सफल नेतृत्व सम्हाली सकेका चुडालले मुलुकको नयाँ संरचनासँगै स्थानीय तहको कार्य सम्पादन गर्ने क्रममा कनकाई नगरपालिकामा पहिलो सेवा प्रारम्भ गरेका हुन् । कनकाईवाट विदाइ भएका चुडाल सर्लाही जिल्लाको हरिवन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा सरुवा भएर गएका हुन् ।       कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको सभापतित्वमा सम्पन्न भएको विदाइ कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतम, वडा नं.२ का वडाअध्यक्ष परशुराम गिरी, वडा नं.६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली लगायतले विदाइ भएका प्रमुख प्रशासकीय अधिकृत चुडालको सफलताको कामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.