Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी सुनसरीलाई
    खेलकुद

    प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी सुनसरीलाई

    कनकाई खबरBy कनकाई खबर२०७६ माघ १०, शुक्रबार १४:५१ गते3 Mins Read

    कनकाई खबर  \  झापाको कनकाईमा संचालन भएको एनएमसी जामुनखाडी सिमसार कप १ नं.प्रदेशस्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ ।

       सुरुङ्गा जेसीज र कनकाई नगर खेलकुद समितिको संयुक्त आयोजना तथा रोटरी क्लव अफ सुरुङ्गा सहआयोजक रहेको प्रतियोगिता पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाईस्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा मंगलवारदेखि संचालन भएको थियो ।

         सुनसरी र सोलूखुम्वु विच शुक्रवार भएको फाइनल खेलमा सोलूका विरुद्ध तीन सेटले अग्रता लिँदै सुनसरी विजेता बनेको हो । प्रतियोगिताको पहिलो सेटमा २५\१९ ले सोलूले अग्रता लिएको थियो भने अरु तीन सेट लगातार सोलूलाई पछि पार्दै सुनसरी विजेता घोषित भएको हो । सुुनसरीले २५\१९, २५/२३ र २७\२५ को सेटले सोलूलाई पछि पार्दै प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि हात पारेको हो । विजेता भएसँगै सुनसरीले प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो हुन सफल सोलूखुम्बुले नगद पुरस्कार ५१ हजार १ सय ११ मा चित्त बुझाएको थियो । प्रतियोगिताको दुवैवटा पुरस्कार कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेल र नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र उप्रेतीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।     खेलको म्यान अफ द म्याच सोलुका खेलाडी सञ्जय बस्नेत घोषित भएका छन् । उनलाई एनआईसी एसीया बैंकले प्रायोजन गरेको नगद एक हजार सहित ट्रफी प्रदान गरिएको वताइएको छ । प्रतियोगिताको विभिन्न सातवटा विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद रु.५ हजारसहित ट्रफी प्रदान गरिएको आयोजक समिति सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् । जसअनुसार वेष्ट डिफेन्डरमा सुनसरीका बसन्त राई, वेष्ट स्पाइकरमा सोलुका विमान खड्का, बेष्ट सटरमा झापाका रोनिश राई र वेष्ट व्लकरमा सुनसरीका सुरज चौधरी घोषित भएका थिए ।

       त्यस्तै वेष्ट सरभर सोलुका विजयराना मगर, उत्कृष्ट अनुशासित खेलाडीमा झापा भलिबलका भरत यादव र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीमा म्यान अफद म्याच विजेता सोलूका खेलाडी सञ्जय बस्नेत घोषित भए । उनलाई जामुनखाडी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौलाले नगद १० हजार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरेको खेल संयोजक केशव शिवाकोटीले जनाएका छन् ।

       पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउँदै प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले मंगलवारदेखि संचालन भएको प्रतियोगितामा १ नं. प्रदेशका ११ जिल्लासहित आयोजक सुरुङ्गा जेसीज समेत गरी १२ वटा टिमको सहभागिता रहेको वताइएको छ । प्रतियोगितामा झापा लगायत मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ्, संखुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, उदयपुर, धनकुटावाट खेलाडीहरुको सहभागिता रहेको थियो ।
     प्रतियोगिता सम्पन्न गर्नकालागि कनकाई नगरपालिकावाट रु.२ लाख ५० हजार, नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि. वाट रु.२ लाख ५० हजार र जामुनवारी सामुदायिक वनवाट रु.२ लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको थियो भने अन्य विभिन्न संघसंस्था र खेलप्रेमी महानुभावहरुवाट सहयोग प्राप्त भएको आयोजक कनकाई नगर खेलकुद समितिका सदस्य जविन तिम्सिनाले वताएका छन् ।

        आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनकालागि खेलकुदलाई पर्यटनसँग जोड्दै अघि बढ्नु पर्नेमा पूर्वकै चर्चित पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारका अध्यक्ष ख्यामराज सिटौलाले जोड दिएका छन् ।

       सुरुङ्गा जेसीज वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् प्रदेश सभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्य रहेको प्रतियोगिताको समापन कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल बहुउद्येश्यीय सहकारी संस्था लि.का अध्यक्ष रामचन्द्र उप्रेती, कनकाई नगर वडा नं.२ का अध्यक्ष परशुराम गिरी, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिवकुमार कडेल र भिम भट्टराई, जामुनवारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला,सुकेडाँगी सामुदायिक वन समूहका अध्यक्ष भक्तवहादुर पौडेल लगायतले मन्तव्य राखेका थिए ।     सुरुङ्गा जेसीजकी मेनुका उप्रेतीले आस्थावाचन र उषा(यदुका) उप्रेतीले जेसीआई मिसन भिजन प्रस्तुत गरेको कार्यक्रममा जेसीजका खेल संयोजक केशव शिवाकोटीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.