Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » घर नहुनेलाई घरधनी बनाउँदै स्थानीय सरकार
    समाचार

    घर नहुनेलाई घरधनी बनाउँदै स्थानीय सरकार

    कनकाई खबरBy कनकाई खबर२०७६ माघ ८, बुधबार ०१:०२ गते3 Mins Read

                                                     फोटा सौजन्यः शिव कडेल

    कनकाई खबर  \ बसोबासकालागि घर नहुनेलाई सुरक्षित आवास कार्यक्रम अन्तर्गत कनकाई नगरमा घर निर्माणको कार्यले तिव्रता पाएको छ ।

       यसै क्रममा त्रिपक्षीय साझेदारी कार्यक्रम अन्तर्गत कनकाई नगरको वडा नं.३ मा रहेका विपन्न समुदायको पहिचान गरी २० वटा घर बन्ने भएका छन् । वडाको समेत बजेटमा कनकाई नगरपालिका, सहारा नेपाल र ह्याबीट्याट नेपालको आर्थिक साथै प्राविधिक सहयोगमा वडा नं.३ को पिङ डाँडामा घर निर्माण हुन लागेको निर्माण समितिका संयोजक समेत रहेका वडा सदस्य युवराज चम्लगाईँले वताएका छन् । वडाको पहलमा निर्माण हुन लागेको २० वटा घरको एक कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल  र वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले संयुक्त रुपमा शिलान्यास गरेका छन् । घर निर्माणकालागि कनकाई नगर वडा नं.३ ले आ.व.२०७५\०७६ को वजेटवाट प्रति घर रु.७५ हजार उपलव्ध गराउँने वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले वताएका छन् । भुइँ ढलानसहितको टिनको छानो भएको तीनकोठे घर निर्माणमा सम्वन्धित घर धनीको समेत श्रम सहयोग रहने वडाअध्यक्ष चिमरीयाले वताए ।

        विपन्न समुदायकालागि निर्माण हुन लागेको घरलाई थप व्यवस्थित बनाउँनकालागि कनकाई नगरपालिकाको तर्फवाट समेत तत्कालकालागि प्रति घर रु.२० हजारका दरले रकम उपलव्ध गराउँने नगरप्रमुख पोखरेलले वताएका छन् । कनकाई नगर क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएपनि आवासको अभाव भएका जोकोही पनि नगरवासीलाई सुरक्षित आवासको व्यवस्था मिलाउँने स्थानीय सरकारको समेत जिम्मेवारी भएको कारण यस अभियानमा कनकाई नगरपालिका सधैं सकारात्मक रहेको नगरप्रमुख पोखरेलले वताएका छन् । आवास बिहिन विपन्न वर्गकालागि कनकाई नगरले मेयर आवास कार्यक्रम अन्तर्गत पनि आवश्यक्ता अनुसार नगरका हरेक वडामा घर निर्माण गर्दै आएको वताइएको छ ।

       त्यस्तै सहारा नेपाल र ह्यावीट्याट नेपालले प्रति घर रु.७५ हजार साथै प्राविधिक सहयोग उपलव्ध गराउँने भएको सहारा नेपालका कन्ट्री टिम लिडर टि.पी.शर्मा कडेलले वताएका छन् । संविधानमै सुरक्षित आवास जनताले पाउँनुपर्छ भन्ने उल्लेख भएअनुसार राज्यलाई समेत सहयोग गर्ने उद्येश्यले सहारा नेपालले झापा लगायत प्रदेश नं.१ भरी नै साझेदारीमा सुरक्षित आवास निर्माण कार्यको अभियान संचालन गर्दै आएको कडेलले वताए । आ.व.२०७५\०७६ देखि हालसम्ममा सहारा नेपालको अगुवाईमा ७ सय बढी घरहरु निर्माण भइसकेका छन् भने आ.व.२०७६\०७७ मा ५ सय बढी घरहरु बनाउँने योजना रहेको वताइएको छ । सहारा नेपाल र ह्यावीट्याटले कनकाई नगरको वडा नं.२ मा समेत वडासँगको साझेदारीमा १२ वटा घर निर्माण गरिरहेको वताइएको छ । त्यस्तै कनकाई नगरकै वडा नं.१ मा स्थानीय प्रजापति सामुदायिक वनसँगको साझेदारीमा २२ वटा घरको निर्माण कार्य भइरहेको सहारा नेपालका कन्ट्री टिम लिडर कडेलले जानकारी दिएका छन् ।

      वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाको सभापतित्व रहेको वडा नं.३ को सुरक्षित आवास निर्माण अन्तर्गतको शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक दल साथै जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.