Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अहिलेसम्मकै उत्कृष्ट कनकाई माईमेला
    समाचार

    अहिलेसम्मकै उत्कृष्ट कनकाई माईमेला

    कनकाई खबरBy कनकाई खबर२०७६ माघ ५, आईतवार ०८:०८ गते3 Mins Read

    कनकाई खबर \  मकर संक्रान्तीको अवसरमा कनकाई माईको पुर्वी किनारमा लागेको माईमेलाको विषयलाई लिएर केहि संचार माध्यम साथै सामाजिक संजालमा आएका विभिन्न नकारात्मक टिकाटिप्पणीप्रति मेला आयोजक समितिले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।

       आयोजक समितिले सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी परम्परागत रुपमा लाग्दै आएको धार्मिक माइमेलाको विषयमा भएको गलत प्रचारको पछि नलाग्न सम्वन्धित सवैलाई अनुरोध गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष इतिहासमै उत्कृष्ट मेला संचालन भएको दावी गर्दै मेला आयोजक समितिका संयोजक ज्ञानेन्द्र चुडालले मेला अवधिभर राज्यले प्रतिवन्ध गरेका कुनै पनि खेल नखेलाएको प्रष्ट पारेका छन् ।

       सवैभन्दा बढी चर्चामा आएको पार्किङ्को सवालमा समितिका संयोजक चुडालले यस पटक एकदिनको मात्र नभएर मेलाअवधिभरकालागि मोटरसाइकलको न्युनतम पार्किङ शुल्क रु.२ सय लिएको बताए । जुन रकम अघिल्लो वर्षमा समेत लिने गरेको संयोजक चुडालले दाबी गरे । यस अर्थमा अघिल्लो वर्षको तुलनामा यस पटक मेलाअवधिभरको ज्यादै न्युनतम पार्किङ् शुल्क लिएको चुडालले वताएका छन् । पार्किङ्को विषयमा जनगुनासो आएपछि पार्किङ तर्फका ठेकेदार विपिन सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि तारेखमा छाडेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

       स्थानीय सरकार, प्रहरी प्रशासनसँगको महत्वपूर्ण सहयोगका कारण स्थानीय युवाहरुको सक्रियतामा एस बिडी कन्स्ट्रक्सन प्रा.ली.ले संचालन गरेको कनकाई माइमेला शान्तीपूर्ण रुपमा सम्पन्न भएको भन्दै आयोजक समितिले मेलाअवधिभर भक्तजनहरुको सुविधाकालागि विभिन्न संघसंस्थाहरुवाट भएको सहयोगप्रति आभार प्रकट गरेको छ । भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक मकर संक्रान्तीका दिन कनकाई माइको पूललाई खुल्ला राखेर सडक क्षेत्रमा हुने अप्रिय घटनालाई निरुत्साहित गर्न प्रहरी प्रशासनवाट भएको महत्वपूर्ण कार्यको मेला आयोजक समितिले प्रशंसा गरेको छ ।

       मकर मेलाको मुख्य दिन माघ १ गते कनकाई नदिवाट वारीपारी गर्नकालागि खोलामा अस्थायी फलामे पुलको समेत व्यवस्था गरेको वताइएको छ । मेला अवधिभरकालागि सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न तीन सय बढी प्रहरी परिचालन गरिएको साथै आवश्यक्ताअनुसार विभिन्न ठाउँमा सिसि क्यामरा जडान गरेर निगरानी बढाएका कारण मेला क्षेत्रमा कुनै पनि अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

     कनकाई नगरकै धार्मिक तथा पर्यटकीय क्षेत्र पवित्र कनकाई माइको किनार कोटीहोम परिसरमा शान्तीपूर्ण रुपमा सम्पन्न भएको धार्मिक मेलाको विषयमा आवश्यक भन्दा बढी मनगडन्ते प्रचारबाजी नगर्न एस बिडी कन्स्ट्रक्सन प्रा.ली.का अध्यक्ष धर्मेन्द्रप्रसाद दहाल (पप्पु) ले सम्वन्धित सवैलाई अनुुरोध गरेका छन् । पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सचिव तुलाराम विश्वकर्म(वकिल), कोषाध्यक्ष सुर्यवहादुर बुढाथोकी(नवराज) लगायतले धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित कनकाई नगरको विकास अनि समृद्धिकालागि आँफूहरु सधैं सकारात्मक रहेको जानकारी गराउँदै आगामी दिनमा समेत समाजमा थप रचनात्मक गतिविधि गर्दै जाने वताएका छन् ।

        माईमेलाको समापनसँगै ठेकेदार समितिका स्थानीय युवाहरुले मेला क्षेत्रको सरसफाई गरेका छन् । मेला समापन भएसँगै त्यस क्षेत्रमा भएको फोहोर मैला र दुर्गन्धका कारण वातावरणमा प्रत्यक्ष असर पर्ने भएकाले सरसफाईमा आँफूहरु जुटेको समूहका सक्रिय युवा सरोज पोखरेलले वताएका छन् ।  आँफूहरु पनि स्थानीयबासी नै भएकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाई गर्नु आफ्नो कर्तव्य संझेर  फोहोर मैलाको उचित व्यवस्थापनकालागि पोखरेलको नेतृत्वमा समिति जुटेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.