Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा खानेपानीमा दहाल र अधिकारी विच प्रतिस्पर्धा हुने
    समाचार

    सुरुङ्गा खानेपानीमा दहाल र अधिकारी विच प्रतिस्पर्धा हुने

    ramBy ram२०७६ जेष्ठ ९, बिहीबार ०२:२७ गते2 Mins Read

    कनकाई खबर डेक्स \ सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यहि जेठ १६ गते हुने कार्यसमितिको निर्वाचनमा सुरुङ्गा खानेपानीका संस्थापक अध्यक्ष प्रेमप्रसाद दहाल र सुरुङ्गा गाविसका पूर्व अध्यक्ष भीमप्रसाद अधिकारी विच प्रतिस्पर्धा हुने भएको छ ।

      नेकपा र राप्रपाको एक समूहको सहकार्यमा संयुक्त प्यानल निर्माण गरी अध्यक्षको पदमा उम्मेद्वारी दिएका दहाल नेकपाका नेता हुन् । स्थानीय निर्वाचनमा कनकाई नगरको नगरप्रमुखको प्रत्यासी बनेका दहालले संसदीय निर्वाचनमा समेत झापा क्षेत्र नं.४ वाट आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका थिए । सुरुङ्गा खानेपानीको स्थापनाकाल २०५३ साल देखी हालसम्म अध्यक्षको जिम्मेवारी सफलतापूर्वक बहन गर्दै आएका सामाजिक व्यक्तित्व दहालले नेपाल यातायात व्यवसायी महासंघ, मेची यातायात संघ, मेची पेट्रोलीयम डिलर्स लगायतका संस्थाहरुको नेतृत्व गरिसकेका छन् ।

      स्थानीय विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरुमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका दहालको नेतृत्वमा रहेको संयुक्त प्यानलमा उपाध्यक्ष पदकालागि यामनाथ सेड्याईँ, सचिवमा टिकाप्रसाद पाठक, कोषाध्यक्षमा सुरेशकुमार गुरुङ् र दुईजना महिला सदस्यहरुमा कल्पना ढकाल र चित्राकुमारी श्रेष्ठले उम्मेद्वारी दिएका छन् । अन्य सदस्यहरुमा राजेन्द्र उप्रेती, रमेश हुमगार्इँ र भिष्म मैनाली रहेका छन् । संयुक्त लोकतान्त्रीक प्यानलको नेतृत्व गरेका साझा विवेकशिल पार्टीका नेता सामाजिक अभियन्ता भीमप्रसाद अधिकारीसहित नेपाली कांग्रेस, राप्रपा नेपाल र संघीय समाजवादी पार्टीको सहकार्यमा चुनावी मैदानमा जुटेका छन् ।

       सुरुङ्गा खानेपानीको अध्यक्ष पदका उम्मेद्वार बनेका अधिकारी २०४३ सालमा गाउँपञ्चायतको निर्वाचनमा तत्कालिन सुरुङ्गा गाउँपञ्चायतको वडा नं.४ वाट जनपक्षीय उम्मेद्वारका रुपमा वडाअध्यक्षमा निर्वाचित भइ सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका हुन् । त्यसपछि देशमा बहुदल आएपछि २०४९ देखी २०५९ साल सम्म लगातार दुई पटक तत्कालिन सुरुङ्गा गाविसको अध्यक्षको सफल जिम्मेवारी पूरा गरिसकेका अधिकारी जनताका सुख दुःखमा सहभागिता जनाउँदै एक सामाजिक कार्यकर्ताका रुपमा स्थापीत छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा कनकाई नगरको प्रमुखको उम्मेद्वार बनेर तेस्रो शक्तिका रुपमा स्थापीत भएका अधिकारी सुरुङ्गा खानेपानीको योजनाकारका रुपमा चिनिन्छन् ।

      अधिकारीको नेतृत्व रहेको संयुक्त लोकतान्त्रीक प्यानलका तर्फवाट उपाध्यक्ष पदकालागि युवराज संग्रौला, सचिवमा मीनकुमार प्रधान(गोपाल), कोषाध्यक्षमा रामवहादुर न्यौपाने रहेका छन् भने महिला सदस्यमा धनमाया चिमरीया र अम्बिका चापागाईँ सुवेदी रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा बलराम अधिकारी, भरतकुमार श्रेष्ठ र सुर्य गुरुङ्ले उम्मेद्वारी दिएको निर्वाचन समितिका संयोजक टिकाप्रसाद पोखरेलले जनाएका छन् । दुईजना अनिवार्य महिला सहित नौ पदका लागि चार महिलासहित १८ जना उम्मेद्वारहरु निर्वाचनको मैदानमा रहेका छन् । सुरुङ्गा खानेपानीमा कुल २८ सय २५ मतदाता रहेको निर्वाचन समितिका सदस्य दुर्गा प्रसार्इँले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.