Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाको प्रथम पद हस्तान्तरण
    समाचार

    रोटरी क्लव अफ सुरुङ्गाको प्रथम पद हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७६ श्रावण ८, बुधबार ०४:५० गते2 Mins Read

      कनकाई खबर डेक्स / रोटरी क्लव अफ सुरुङ्गाको सन २०१९–२० का लागि नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । कनकाई नगर क्षेत्रका सक्रिय सामाजिक अभियन्ता कुमारमणि पोखरेको अध्यक्षतामा बनेको कार्यसमितिले पदभार ग्रहण गरेको हो । पदभार ग्रहण गर्ने क्लवका पदाधिकारीहरुमा अध्यक्ष पोखरेलसँगै प्रेसिडेन्ट इलेक्ट टिकाप्रसाद कट्टेल, प्रेसिडेन्ट नोमिनी सुशिलकुमार श्रेष्ठ, फस्ट भाइस प्रेसिडेन्ट मोतिखर ओझा, सेकेन्ड भाइस प्रेसिडेन्ट खेमप्रसाद प्रसाई, थर्ड भाइस प्रेसिडेन्ट शिवकुमार कडेंल, सचिवमा लुवराज उप्रेती, सहसचिवमा सोमनाथ उप्रेती ,कोषाध्यक्षमा तुलसी विमली, क्लव एडमिनिस्टे«सन चेयरमा खेमप्रसाद ओली रहेका छन् । त्यस्तै अन्य पदाधिकारीहरुमा अर्जुन बोहोरा, सिरश खरेल, जविन तिम्सिना, मिनाल तिम्सिना, कमलप्रसाद कट्टेल, शम्भु पोखरेल, शिव गिरी, सागर दहाल, त्रिलोचन चिमरीया, महेन्द्रप्रसाद विमली र रामप्रसाद निरौला रहेका छन् ।

       क्लवका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल भुटान ३२९२ का पुर्व डिस्ट्रीक गभर्नर सञ्जय गिरीले सपथ खुवाएका थिए । कनकाई नगरमा एक वर्ष अघि मात्र मानवीय सेवामा समर्पित हुँदै अघि बढेको क्लवमा शिक्षासेवी एवम् सामाजिक अभियन्ता लक्ष्मीप्रसाद (एलपी) उप्रेतीले नेतृत्व गर्दै आएका थिए । उप्रेतीको अध्यक्षतामा स्थापना गरिएको अन्तराष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले एक वर्षपछि सुरुङ्गा जेसीजको सभाहलमा प्रथम पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आफ्नो नेतृत्वमा क्लवले गरेका गतिविधिका वारेमा संक्षिप्त मन्तव्य राख्दै संस्थापक अध्यक्ष उप्रेतीले स्थापनाको पहिलो वर्षमा रोटरी क्लवले स्थानीय स्तरमा राम्रो पहिचान बनाउँदै सामाजिक क्षेत्रमा केही महत्वपूर्ण कार्यक्रमको सुरुवात गरेको बताएका छन् ।

      क्लवको सन् २०१९–२० का अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवम् नेपाल भुटान ३२९२ का पुर्व डिस्ट्रीक गभर्नर सञ्जय गिरीको प्रमुख आतिथ्यता रहेको पदहस्तान्तरण कार्यक्रममा ८ महिलासहित ९ जना नवप्रवेशी सदस्यहरुलाई क्लवमा स्वागत सम्मान गरिएको थियो । नवप्रवेशी सदस्यहरुमा सरला दहाल पोखरेल, यदुका(उषा)उप्रेती, सुस्मा उप्रेती, पुष्पा भट्टराई कडेल, रमा ओली, देवका उप्रेती, विनिता विमली, सुशिला बोहोरा र बमवहादुर कुँवर रहेका छन् । क्लवका प्रेसिडेन्ट नोमिनी सुशिलकुमार श्रेष्ठको स्वागत तथा सदस्य सुस्मा उप्रेतीले टोस प्रपोजल राखेको कार्यक्रममा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह, ए.जी. कुमार गिरी, विर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट सन्तोष अग्रवाल लगायत कनकाई नगरपालिकाका जनप्रतिनिधी, रोटरी क्लवका विभिन्न क्षेत्रका पदाधिकारी एवम् प्रतिनिधी, स्थानीय क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वनलाई रोटरी क्लवका तर्फवाट दुर्लभ विरुवा हस्तान्तरण गरिएको थियो ।

       क्लवका थर्ड भाइस प्रेसिडेन्ट शिवकुमार कडेंलले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, डिस्ट्रीक प्रेसिडेन्ट नोमिनी सन्तोष रिजाल, क्लवका डिस्ट्रीक ट्रेनर जितेन्द्र भण्डारी, सुरुङ्गा खानेपानीका अध्यक्ष भिमप्रसाद अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका फष्ट भाइस प्रेसिडेन्ट मोतीखर ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.