Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपा एकताः ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोकिए
    कनकाई खबर बिशेष

    नेकपा एकताः ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोकिए

    कनकाई खबरBy कनकाई खबर२०७६ श्रावण ५, आईतवार १४:१४ गते3 Mins Read

      काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । ७७ जिल्ला र ६ महानगरलाई समेत जिल्लाकै मान्यता दिदै ८३ इञ्चार्जसहित सह–इञ्चार्जको टुंगो लगाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले इञ्चार्ज र सह–इञ्चार्जको निर्णय गरेको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय भएको बताए ।

    ‘आजको बैठकबाट ७७ जिल्ला र जिल्लाकै मान्यता पाएको ६ महानगरपालिकामा इञ्चार्ज र सह–इञ्चार्ज तोक्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘अर्को बैठकबाट बिभाग, आयोग, प्रवाससहित अन्य निकायहरुको एकिकरण टुंगो लगाउने छौं ।’

    बैठकबाट बिभाग, आयोग, प्रवास, पोलिटव्युरो कमिटी गठनलगायतको एकता टुंगो लगाउने एजेण्डा थियो । तर सहमति हुन नसक्दा मंगलबार पुन बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाउने बताईएको छ । आउँदो मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

    नेकपा शीर्ष नेताहरुबीच भएको पूर्व सहमति अनुसार ८३ जिल्ला इञ्चार्जमा तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इञ्चार्ज पाएका छन् । एमालेको इञ्चार्ज भएको जिल्लामा माओवादीको सहइञ्चार्ज र माओवादीको इञ्चार्ज भएको जिल्लामा एमालेले सह–इञ्चार्ज पाएका छन् ।

    नेकपा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा भएको सहमति अनुसार जुन पार्टीका जिल्ला इञ्चार्ज थिए उसैले पाउने गरी टुंगो लगाईएको छ ।

    बैठकमा भएको बिवादका कारण कतिपय जिल्लाले सह–इञ्चार्ज पाउँन सकेका छैनन् भने कतिपय जिल्लामा १० जनासम्म सहइञ्चार्ज बनाएर बिवाद समाधान गर्ने प्रयास गरिएको छ । सचिवालय सदस्य बामदेव गौतमका अनुसार केही जिल्ला बाहेक सबै जिल्लामा सहइञ्चार्ज तोकिएको र केही जिल्लामा आवश्यकता भन्दा बढी नै सहइञ्चार्ज राख्दै विवाद समाधान गर्ने प्रयास गरिएको बताए ।

    सचिवालय बैठक बस्नु अघि तत्कालीन एमाले र माओवादी केन्द्रको छुटाछुटै बैठक बसेको थियो । एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको खुलमटारस्थित प्रचण्ड निवासमा बैठक बसेको थियो ।

    नेकपा स्रोतका अनुसार स्कुल बिभागमा सचिवालय सदस्यद्धय नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल दुबैले दावी गरेपछि बिभागको टुंगो लाग्न नसकेको हो । सचिवालय बैठक अघि दुबै पार्टीको छुटाछुटै बैठक बस्दै आफ्ना भागमा परेका बिभागीय प्रमुख चयन गर्ने बिषयमा छलफल गरेको थियो ।

    नेकपाका ३२ वटा विभागमा भागबण्डाको सहमती यसअघि नै भईसकेको थियो । ३२ बिभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालिन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।

    नेकपा सचिवालयमा रहेका तत्कालीन एमालेका ६ नेताहरु आफ्नो पक्षको नेतृत्व टुंगो लगाएका सकेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्धय नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेल सो बैठकमा सहभागी रहेको थियो ।

    बैठकले बिदेश बिभाग प्रमुखमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता नेपाल र संगठन बिभागमा गौतमलाई बनाउँने सहमति भईसकेको थियो । यसैगरी, अर्का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री खनाललाई नीति अध्ययन प्रतिष्ठानको प्रमुख बनाउने सहमति भएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.